पौष महिना भित्र शिवराज खुल्ला दिशा मुक्त हुँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १५, २०७५
|
|
६५ पटक हेरिएको
Shares
पौष महिना भित्र शिवराज खुल्ला दिशा मुक्त हुँदै

सारांश

  • माधव बेल्वासे कपिलवस्तु(चन्द्रौटा) पुष १५, कपिलवस्तुको शिवराज नगरपालिका यहि पौष महिना भित्र खुल्ला दिशा मुक्त घोषणा हुने भएको छ ।
  • नगरप्रमुख नेत्रराज अधिकारीले ११ वडा मध्ये १० वटा वडा खुल्ला दिशा मुक्त घोषणा भइसकेकोले यस महिना भित्र शिवराज नगरपालिका नै खुल्ला दिशा मुक्त घोषणा गर्ने वताए ।
  • शिवराज नगरपालिका वडा नं ७ जवाभारी खुला दिसामुक्त वडा घोषणा गर्दै नगर प्रमुख अधिकारीले नगरपालिका खुला दिसामुक्त हुने अन्तिम अवस्थामा आएकोले सबै घरधनिहरुले शौचालय निर्माण गरेर प्रयोगमा ल्याउन आग्रह गरे ।

माधव बेल्वासे
कपिलवस्तु(चन्द्रौटा) पुष १५,
कपिलवस्तुको शिवराज नगरपालिका यहि पौष महिना भित्र खुल्ला दिशा मुक्त घोषणा हुने भएको छ । नगरप्रमुख नेत्रराज अधिकारीले ११ वडा मध्ये १० वटा वडा खुल्ला दिशा मुक्त घोषणा भइसकेकोले यस महिना भित्र शिवराज नगरपालिका नै खुल्ला दिशा मुक्त घोषणा गर्ने वताए ।
शिवराज नगरपालिका वडा नं ७ जवाभारी खुला दिसामुक्त वडा घोषणा गर्दै नगर प्रमुख अधिकारीले नगरपालिका खुला दिसामुक्त हुने अन्तिम अवस्थामा आएकोले सबै घरधनिहरुले शौचालय निर्माण गरेर प्रयोगमा ल्याउन आग्रह गरे । उनले खुल्ला दिशामुक्त सगै बालमैत्री, अपांगमैत्री, छुवाछुत रहित,बाल विवाह मुक्त नगर बनाउन सबैले पहलकदमी गर्नुपर्ने बताए । उनले भने शिवराज नगरपालिका वडा न ९ बालमैत्री वडा घोषणा भइसकेको छ अव सवै नगर नै बालमैत्री नगर बनाउ सवैको सहयोग आवश्यक छ ।
वडा न ७ मा रहेका घरधुरी ४६६ मध्ये पहिले शौचालय बनेको ७, हाल बनेको ३९१ , निर्माणाधी १७ गरि शतप्रतिशत घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएको वडा अध्यक्ष अनुप कुमार चौधरीले बताए । चौधरीले आगामी दिनमा शौचालय प्रयोग वारेमा अनुगमन गर्ने , वालमैत्री स्थानिय शासन युक्त वडा बनाउने, शुद्धखानेपानी व्यावस्था गर्ने लगाएतका योजनाहरु समेत अघि सारेका छन ।
लामो प्रयास पछि नगरका दक्षिण भेगका नागरिकमा पनि चेतान वृद्धि भई वडा लाई खुल्ला दिसामुक्त बनाउन सफल भएकोमा नगर उप प्रमुख शिवकुमारी चौधरीले वडा अध्यक्ष अनुप कुमार चौधरीलाई धन्यवाद समेत दिइन । मधेशमा रहेको कुरिति एकै परिवारका बुहारी सासु र ससुराले एकै ठाँउमा शौच गरे अनिष्ठ हुने कप्रथालाई अन्त्य गर्न वडा वासी सफल भएको उनले बताइन । अव निर्माण भएका शौचालयहरुको सहि प्रयोग गर्नु पर्नेमा चौधरीले जोड दिइन ।
कार्यक्रममा सरसफाइ दुत महादेव पोखरेलले वडालाई खुल्ला दिसामुक्त वडा घोषणा गर्ने अभियानलाई सफल पार्न विहानै खुल्ला ठाँउमा शौच गर्नेहरुलाई कारवार्हि गर्दै गर्दा नागरिकले गरेको गुनासो प्रति इङ्गित गर्दै खुल्ला ठाँउमा शौच गर्नेलाई कारवार्हि गर्नु पर्ने बाध्यता रहेको बताए । खुल्ला दिसामुक्त गर्दै अघि बढ्यो नेपाल, सफा, सुन्दर, गाँउ सहर,तराई पहाड, हिमाल नाराका साथ वडालाई खुल्ला दिशामुक्त क्षेत्र गरिएको हो । शिवराज नगरपालिका, जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यालय र युनिसेफको सहयोगमा शिवराज नगरपालिका वडा नं ७, लाई आइतबार एक कार्यक्रम विच खुला दिसामुक्त वडा घोषणा गरिएको हो ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस एमालेबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४१ जनाकै नामसहित)
हेर्नुहोस एमालेबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४१ जनाकै नामसहित)
बुटवलको सैनामैनामा गोली चल्दा एक भारतीयको मृत्यु
बुटवलको सैनामैनामा गोली चल्दा एक भारतीयको मृत्यु
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
मतदाता शिक्षा लिएर स्वयंसेवक गाउँ पसे
मतदाता शिक्षा लिएर स्वयंसेवक गाउँ पसे
व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही गर्न विद्यार्थीहरुको माग
व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही गर्न विद्यार्थीहरुको माग
नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ
नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
असार ३० गते मंगलवारको राशिफल यस्तो छ
असार ३० गते मंगलवारको राशिफल यस्तो छ
भोलीसम्म देशका अधिकांश स्थानमा वर्षा हुनसक्ने, सतर्क रहन आग्रह
भोलीसम्म देशका अधिकांश स्थानमा वर्षा हुनसक्ने, सतर्क रहन आग्रह
‘लौ हेर्नुहोस’ भन्दै गोरे आफैले खोले मास्क !
‘लौ हेर्नुहोस’ भन्दै गोरे आफैले खोले मास्क !

तपाईंले छुटाउनुभयो कि?