मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो

सारांश

  • काठमाडौं।
  • ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव  काठमाडौं ल्याइएको छ।
  • नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको हो।
काठमाडौं। ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव  काठमाडौं ल्याइएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको हो। उनीहरुको शव पोष्टमार्टमका लागि सातै जनाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिने छ। 
बिहान आठ बजेतिर सबै शव संकलन सकिए पनि मौसममा सुधार नआउँदा हेलिकप्टर उडाउन सकिएको थिएन।
बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरि फर्किँदा दुर्घटना भएको हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार थिए।
पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना
प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
संगठन विस्तारमा जुट्न अध्यक्ष थापाको आग्रह
संगठन विस्तारमा जुट्न अध्यक्ष थापाको आग्रह
लागूऔषध सहित एक युवा पक्राउ, दुर्घटना मा एक जना को मृत्यु
लागूऔषध सहित एक युवा पक्राउ, दुर्घटना मा एक जना को मृत्यु
प्रधानमन्त्री देउवा भारत प्रस्थान
प्रधानमन्त्री देउवा भारत प्रस्थान
सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे
सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
राम्रा कामको प्रचार नहुँदा  नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
म्याग्दीमा घोडादौड प्रतियोगिता सम्पन्न, दौडमा कास्कीका हितमान गुरुङ प्रथम
म्याग्दीमा घोडादौड प्रतियोगिता सम्पन्न, दौडमा कास्कीका हितमान गुरुङ प्रथम

तपाईंले छुटाउनुभयो कि?