२६ जुनमा ऋतिक र कंगना बीच ‘भीडन्त’

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २५, २०७६
|
|
६० पटक हेरिएको
Shares
२६ जुनमा ऋतिक र कंगना बीच ‘भीडन्त’

सारांश

  • बलिउड अभिनेत्री कंगना रनोट अभिनित फिल्म ‘मेंटल है क्या’ को रिलीज मिति सरेको छ।
  • यो फिल्म २१ जुनको सट्टा २६ जुनमा रिलीज हुने भएको छ।
  • यो फिल्मको सिधा टक्कर अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ सँग हुनेछ।

बलिउड अभिनेत्री कंगना रनोट अभिनित फिल्म ‘मेंटल है क्या’ को रिलीज मिति सरेको छ। यो फिल्म २१ जुनको सट्टा २६ जुनमा रिलीज हुने भएको छ। यो फिल्मको सिधा टक्कर अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ सँग हुनेछ। भारतीय संचारमाध्यमले कंगनाले जानीबुझिकनै आफ्नो फिल्मको रिलिज मिति ऋतिक रोशनको फिल्मसँग जुधाएको अनुमान लगाएका छन् । तर ‘मेंटल है क्या’ का निर्मात्री एकता कपुरले यो अनुमानको निन्दा गरेकी छन् ।

एकताले भनेकी छन्न, ‘जो मानिस योसँग सम्बन्ध राख्छन् उनीहरुकालागि हो। २६ जुलाइमा रिलीज हुने ‘मेंटल है क्या’ को अन्य एक फिल्मसँग टक्कर लिने भनेर अनुमान लगाइन थालिएको छ। फिल्मको रिलीज मिति सार्ने निर्णय वितरक, ट्रेड एनालिस्ट र टप रिसर्च टीमको सल्लाहलाई ध्यानमा राखिएर गरिएको हो। यो निर्णय पूरै व्यापारिक दृष्टिकोणलाई ध्यानमा राखेर गरिएको हो ।’

उनले अगाडि भनेकी छन, ‘यो मितिमा पहिला नै अन्य फिल्मको रिलीज तय भएको थापा पाएपछि हाम्रोतर्फबाट कुनै पनि विवाद नगर्ने र सम्मानसँग रिलीज गर्ने सहमति भएको छ ।’

पुरानो विवादका कारण ऋतिक र कंगनामाथि यस्तो अनुमान लगाइएको हो। यही कारण ऋतिक आफ्नो फिलम ‘सुपर ३०’ लाई जनवरी २६ लाई छोडेर २६ जुलाईसम्म ल्याएका थिए ।

किनभने २६ जनवरीमा कंगनाको फिल्म ‘मणिकर्णका ः द क्वीन अफ झाँसी’ रिलीज भएको थियो। तर उनले जुन टकरावसँग बच्न फिल्मको रिलीजको मिति पछि सारेका थिए, अन्तिममा फेरि कंगनाको फिल्म रिलीजसँगै उनको फिल्मको टक्कर हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?