धनगढी विमानस्थलको अनुगमन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ३, २०७६
|
|
६० पटक हेरिएको
Shares
धनगढी विमानस्थलको अनुगमन

सारांश

  • कैलाली, ३ जेठ ।
  • स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् ।
  • धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् ।

कैलाली, ३ जेठ । स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् । धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् ।सोही क्रममा उपमहानगरप्रमुख नृपबहादुर वडले निर्धारित समयभित्र काम सम्पन्न गर्न स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताउनुभयो ।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले निर्माण कम्पनीले स्रोतसाधन प्रयोग गरेर मर्मतलाई गति दिएकाले आशलाग्दो प्रगति देखिएको बताउनुभयो ।
यो पनि पढ्नुहोस्धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले काम समयमै सम्पन्न गर्न अनुगमनलाई निरन्तरता दिनुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो । अहिले ६० मिटर चौडाइ र एक हजार ८०० मिटर लम्बाइको कालोपत्र धावनमार्ग रहेकामा धावनमार्ग स्तरवृद्धिसँगै दुवैतर्फ दुईरदुई मिटर फराकिलो बनाउने योजनासमेत रहेको बताइएको छ ।

यस्तै अहिले तीन जहाज पार्किङ व्यवस्था रहेकामा अब थप एक जहाज पार्किङ गर्नसक्ने गरी पार्किङ क्षेत्र विस्तारको काम भइरहेको छ । विमानस्थलमा एप्रोच लाइट र अन्य लाइटहरु, थप सञ्चार उपकरण वृद्धिलगायतका सेवा थप र विस्तारको योजना पनि रहेको जनाइएको छ । विमानस्थलको मर्मत कार्य भइरहेकाले वैशाख २२ गतेदेखि जेठ २१ गते सम्म अर्थात् एक महीनाका लागि नियमित हवाई उडानधनगढी विमानस्थलको अनुगमनबन्दधनगढी विमानस्थलको अनुगमनगरिएको छ ।धनगढी विमानस्थल नेपालको त्रिभुवन विमानस्थलपछिको ठूलो दोस्रो धावनमार्ग भएको विमानस्थल हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोरममा विवाद उपाध्यक्ष रेणु बैठकमै रोइन्
फोरममा विवाद उपाध्यक्ष रेणु बैठकमै रोइन्
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई बंगलादेशको चुनौती
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई बंगलादेशको चुनौती
‘शुभयात्रा नभनेको त्यो दिन’ -विद्या भट्टराई
‘शुभयात्रा नभनेको त्यो दिन’ -विद्या भट्टराई
बहिष्कारकाे चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन
बहिष्कारकाे चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन
संक्रमणकालको अन्त्यसँगै देश स्थायित्व र समृद्धिको युगमा प्रवेश : राष्ट्रपति भण्डारी (पूर्णपाठ)
संक्रमणकालको अन्त्यसँगै देश स्थायित्व र समृद्धिको युगमा प्रवेश : राष्ट्रपति भण्डारी (पूर्णपाठ)
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
अमेरिकी खुफिया एजेन्सी सीआईए परेवाबाट यसरी गराउँथ्यो जासुसी
अमेरिकी खुफिया एजेन्सी सीआईए परेवाबाट यसरी गराउँथ्यो जासुसी

तपाईंले छुटाउनुभयो कि?