नेकपा सचिवलाय बैठक बस्दै, एकता प्रक्रियालाई अन्तिम रुप दिइने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २१, २०७६
|
|
५४ पटक हेरिएको
Shares
नेकपा सचिवलाय बैठक बस्दै, एकता प्रक्रियालाई अन्तिम रुप दिइने

सारांश

  • काठमाडौँ।
  • गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्दैछ।
  • नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्य्विभाजनबारे पटक पटक छलफल भइरहेको छ।

काठमाडौँ। गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्दैछ। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्य्विभाजनबारे पटक पटक छलफल भइरहेको छ। अध्यक्षद्वय बीचमा आइतबार पनि छलफल भएको थियो। सोमबार बस्ने सचिलयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्य्विभाजनको विषयमा टुङ्गो लगाउने विषयमा छलफल भएको थियो।दुई अध्यक्षको बीचमा छलफल नटुङ्गिएपछि सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।

सोमबार पनि अध्यक्षद्वय बीच छलफल भयो। छलफमला सचिवालयका सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिए। बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्य्विभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा छलफल भएको थियो। यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो । पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ जना पोलिटब्युरो सदस्य चयन गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
प्रहरी कार्यालय भित्रै  शव फेला, झुण्डिएको कि झुन्ड्याइएको?
प्रहरी कार्यालय भित्रै शव फेला, झुण्डिएको कि झुन्ड्याइएको?
‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’: मन्त्री किराँती
‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’: मन्त्री किराँती
९८० शाखा अधिकृतका लागि ५३ हजार ४ सयको आवेदन
९८० शाखा अधिकृतका लागि ५३ हजार ४ सयको आवेदन
बाबु मार्ने छोरो पक्राउ
बाबु मार्ने छोरो पक्राउ
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
सुधन ज्ञवालीको ‘मोटिभेसनल स्पिच’ अब युट्युब च्यानलमा !
सुधन ज्ञवालीको ‘मोटिभेसनल स्पिच’ अब युट्युब च्यानलमा !
देउवाले ल्याए हारेका नेता खुसी हुने प्रस्ताव, आरजु सांसद बन्ने !
देउवाले ल्याए हारेका नेता खुसी हुने प्रस्ताव, आरजु सांसद बन्ने !
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
जुवा खेलिरहेका ११ जना पक्राउ
जुवा खेलिरहेका ११ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?