काठमाडौँका आकाशे पुल बन्दैछन् यौनकर्मीको अखडा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
६३ पटक हेरिएको
Shares
काठमाडौँका आकाशे पुल बन्दैछन् यौनकर्मीको अखडा

सारांश

  • उपत्यकाका आकाशे पुल यौनकर्मीको अखडा बन्दै गएको छ ।
  • विगतमा रत्नपार्क, वीर अस्पताल, सुन्धारा र बालाजु बसपार्कका आकाशे पुल यौनकर्मीको अखडा बन्दै आएकोमा पछिल्लो समय रिङरोडका नयाँ बनेका आकाशे पुलमा यौनकर्मीको बाक्लो उपस्थिति बढेको छ ।
  • प्रहरीले बालाजु बसपार्क र रत्नपार्क क्षेत्रमा व्यापक धरपकड गर्न थालेपछि यौनकर्मीहरुले अखडा परिवर्तन गरेका छन् ।

उपत्यकाका आकाशे पुल यौनकर्मीको अखडा बन्दै गएको छ । विगतमा रत्नपार्क, वीर अस्पताल, सुन्धारा र बालाजु बसपार्कका आकाशे पुल यौनकर्मीको अखडा बन्दै आएकोमा पछिल्लो समय रिङरोडका नयाँ बनेका आकाशे पुलमा यौनकर्मीको बाक्लो उपस्थिति बढेको छ ।

प्रहरीले बालाजु बसपार्क र रत्नपार्क क्षेत्रमा व्यापक धरपकड गर्न थालेपछि यौनकर्मीहरुले अखडा परिवर्तन गरेका छन् । पछिल्लो समय कोटेश्वरको नयाँ आकाशे पुलमा यौनकर्मी बढेका छन् । मुख छोपेका युवतीहरु आकाशे पुलमा निकै ओहोरदोहोर गर्छन् । उनीहरुको यही व्यवहारबाट ग्राहकले यौनकर्मी पत्ता लगाएर मोलमोलाई शुरु गर्छन् ।

कोटेश्वरको आकाशे पुललाई मोलमोलाईको थलो बनाएर यौनकर्मीले नजिकको गेष्ट हाउस लगेर यौन इच्छा पूरा गरिदिन्छनन् । त्यस क्षेत्रमा मोलमोलाईको दृश्य सबैभन्दा बढी दुई बजेपछि देख्न सकिन्छ ।

यौनकर्मीहरु बानेश्वर र बबरमहलबीचको पुलमा पनि देखिन थालेका छन् । साँझको समयमा त्यस क्षेत्रमा मोलमोलाईको दृश्य देख्न सकिन्छ ।
विगतमा ठमेल र दरबारमार्गमा सिमित यौन व्यवसाय पछिल्लो समय अन्यत्र क्षेत्रमा फष्टाएको छ । उपत्यकामा शहरी क्षेत्र फैलदै गएपछि पछिल्लो समय मनोरञ्जनको केन्द्र बनेको अन्य क्षेत्रमा समेत यौनकर्मीहरु देखिनथालेका छन् ।

प्रहरीले यौनकर्मीको गतिविधि आकाशे पुलमा बढेपछि बेला बेलामा कडाई गर्ने गरेको छ । प्रहरी स्वयं बसेर लामो समय पुलमा उभिइरहनबाट रोक्ने गरेपनि यौनकर्मीको सक्रियता घटेन ।

विप्लव समूहद्वारा असार १० गते नेपाल बन्द
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आफ्ना नेताको हत्या भएपछि नेकपा आक्रामक भएको हो । विप्लवले आफ्ना कार्यकर्तालाई रक्षाका लागि तयार रहन निर्देशन दिँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘‘हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ । पार्टी फासीवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ ।’

पार्टीले भोलि असार ७ गते प्रचार प्रसार कार्यक्रम गर्ने, पर्सी ८ गते कोणसभा र घरदैलो गर्ने, ९ गते मशाल जुलुस गर्ने र १० गते नेपाल बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रहरीले सादा पोशाकमा यौनकर्मी बनेर ग्राहकलाई पक्राऊ नगरेको होइन । तर, यौन व्यवसाय रोकिएको छैन । शहरका मुख्य केन्द्रमा विभिन्न शैलीमा यौन क्रियाकलाप बढेको बढ्यै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
नेकपाका अध्यक्ष प्रचण्ड आज भारत जाँदै
आज दलहरुलाई समानुपातिकतर्फको सूचि माग्दै, कसको कति सिट! नयाँ सरकार गठनको बाटो खुल्ने
पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते
पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते
आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६२ पैसा, अन्यको कति ?
आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६२ पैसा, अन्यको कति ?
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !
पाँच आयोगमा अध्यक्ष नियुक्त, को को ?
पाँच आयोगमा अध्यक्ष नियुक्त, को को ?
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
यी हुन् वाम गठबन्धनका शिकार एमाले नेता
यी हुन् वाम गठबन्धनका शिकार एमाले नेता
सांसदले सुनाए : दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा
सांसदले सुनाए : दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा

तपाईंले छुटाउनुभयो कि?