आईसीसीद्वारा जिम्बाब्वे क्रिकेट बोर्ड निलम्बित
सारांश
- एजेन्सी ।
- अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जिम्बाब्वे क्रिकेटलाई निलम्बित गरेको छ।
- खबर अनुसार जिम्बावे क्रिकेटले लोकतान्त्रिक तरिकाले निष्पक्ष रुपमा चुनाव गर्न नसकेको भन्दै आईसीसीको बैठकमा सर्वसम्मतिको साथ उक्त फैसला लिइएको हो।
एजेन्सी । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जिम्बाब्वे क्रिकेटलाई निलम्बित गरेको छ। खबर अनुसार जिम्बावे क्रिकेटले लोकतान्त्रिक तरिकाले निष्पक्ष रुपमा चुनाव गर्न नसकेको भन्दै आईसीसीको बैठकमा सर्वसम्मतिको साथ उक्त फैसला लिइएको हो।
जिम्बाब्वे क्रिकेट बोर्डले लोकतान्त्रिक तरिकाले निष्पक्ष रुपमा चुनाव गराउन नसक्नुका साथै बोर्डमा सरकारी हस्तक्षेप रोक्न असफल रहेको कारण प्रतिबन्ध लगाएको आईसीसीले आफ्नो बयनमा भनेको छ। निलम्बित भएसँगै अब जिम्बाब्वे क्रिकेट बोर्डले आइसीसीको कुनै पनि फण्ड पाउँदैन साथै राष्ट्रिय टिमले आईसीसीको कुनै पनि इभेन्ट्समा भाग लिन पाउँदैन। जसका कारण अक्टुबरमा हुने टी–ट्वान्टी विश्वकप छनोटमा जिम्बाब्वेले सहभागिता जनाउन नपाउने देखिएको छ।
आईसीसीका अध्यक्षले भने, ‘कुनै पनि सदस्यलाई निलम्बित गर्ने फैसला हल्का रुपमा लिन सकिदैन। हामिले खेललाई राजनितिक हस्तक्षेपबाट टाढा राख्नुपर्छ।’ उनले भने, ‘जिम्बाब्वेमा भएको घटना आइसीसीको संविधानको गम्भिर उल्लंघन हो। यसलाई अनियन्त्रित तरिकाले जारी राख्ने अनुमति दिन सकिंदैन’
प्रतिक्रिया