काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ५, २०७६
|
|
५५ पटक हेरिएको
Shares
काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

सारांश

  • काठमाडौं।
  • नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
  • काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

काठमाडौं। नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए। समितिको सदस्यमा डा आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा रहेका छन्।

बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्दे्शिका निर्माण समिति गठन गरिएको छ। समितिको सदस्यमा भद्रा पराजुली भण्डारी र रामजी कङ्ग्रेन रहेका छन्। यसैगरी खिलानाथ दाहालको संयोजकत्वमा गठन गरिएको स्रोत व्यवस्थापन समितिमा सुभास पोखरेल, डा प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल सदस्य रहेका छन्।

बैठकले काङ्ग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण कार्यक्रम यही साउनभित्रै काठमाडौँमा गर्ने निर्णयसमेत गरेको सचिव आचार्यले जानकारी दिए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदन भण्डारी नामाकरण गर्दा आदिवासी रंगशाला निर्माण अलपत्र
मदन भण्डारी नामाकरण गर्दा आदिवासी रंगशाला निर्माण अलपत्र
बाँदरबाट अन्न जोगाउनै धौधौ
रुकुम पश्चिममा जनार्दन र गोपालको फराकिलो मतान्तर
रुकुम पश्चिममा जनार्दन र गोपालको फराकिलो मतान्तर
भन्सार छली अवैध रुपमा लैजान लागेको सुन सहित ३ जना पक्राउ
भन्सार छली अवैध रुपमा लैजान लागेको सुन सहित ३ जना पक्राउ
Artist who drew 15 self portraits on 15 different drugs. Amazing!
Artist who drew 15 self portraits on 15 different drugs. Amazing!
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री
भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री
बागमती प्रदेश सरकारद्वारा दुग्ध किसानलाई अनुदान
बागमती प्रदेश सरकारद्वारा दुग्ध किसानलाई अनुदान
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?
नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?

तपाईंले छुटाउनुभयो कि?