जेलमा दंगा हुँदा ५२ कैदीबन्दीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १४, २०७६
|
|
६० पटक हेरिएको
Shares
जेलमा दंगा हुँदा ५२ कैदीबन्दीको मृत्यु

सारांश

  • ब्राजिलको जेलमा दंगा हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ ।
  • १३ साउनमा पाँच घन्टासम्म दुई कैदीबन्दी समूहबीच भएको ग्यांगफाइटका क्रममा उनीहरुको मृत्यु भएको हो ।
  •  पारा राज्यमा रहेको जेलमा एउटा ब्लकका कैदीबन्दीले अर्को ब्लकका कैदीबन्दीमाथि आक्रमण गरेका थिए ।

ब्राजिलको जेलमा दंगा हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । १३ साउनमा पाँच घन्टासम्म दुई कैदीबन्दी समूहबीच भएको ग्यांगफाइटका क्रममा उनीहरुको मृत्यु भएको हो । पारा राज्यमा रहेको जेलमा एउटा ब्लकका कैदीबन्दीले अर्को ब्लकका कैदीबन्दीमाथि आक्रमण गरेका थिए । जेलरहरुलाई नियन्त्रणमा लिएर आक्रमण भएको थियो ।

घटनामा शुरुमा १६ जनाको हत्या गरिएको थियो । त्यसपछि जेलमा आगो लगाइदिएका थिए । आगलागीले निसास्सिएर बाँकीको मृत्यु भएको थियो । जेलमा कुनैपनि सुरक्षाकर्मी र जेलरहरु घाइते भएका छैनन् । घटनाको उद्देश्य विपक्षी समूहमाथि आक्रमण गर्नु रहेको बुझिएको छ । ब्राजिलका टेलिभिजनहरुले जेलमा आगो लागेको दृश्य देखाएका थिए ।

जेलमा दुई सय जना क्षमता रहेपनि ३०९ जना कैदी राखिएका थिए । घटनाको पाँच घन्टापछि सुरक्षाकर्मी प्रवेश गरी जेलमा नियन्त्रण कायम राखेको थियो । त्यस क्रममा कैदीहरुले आत्मसमर्पण गरेका थिए । ब्राजिलको जेलमा बेला बेलामा दंगा र भिडन्त भइरहन्छ । यसैवर्षको मे महिनामा मानाउस जेलमा दंगा हुँदा ४० जना मारिएका थिए । ग्याङ बन्ने र एक अर्काबीच कुरा नमिल्ने भई आक्रमणका घटना भइरहन्छन् ।

यसकारण ओली सिंगापुर र प्रचण्ड दुबई जाँदै
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड साउन १८ गते आसपासमा देश बाहिर जाने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर र अर्का अध्यक्ष प्रचण्ड भने पार्टीकै भेटघाटको सिलसिलामा दुवई जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार ओली यही साउन १८ गते सिंगापुर जाने तय भएको छ । पछिल्लो समय नेपालमै स्वास्थ्य परीक्षण गराईरहेका ओलीले नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने निधो गरेका हुन् ।

पार्टीका विभिन्न विभागको नेतृत्व चयन गर्ने भनेर आज डाकिएको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सिंगापुर भ्रमणबारे जानकारी गराएका थिए । सोही कारण सचिवालयको अर्को बैठक साउन २८ गते बस्नेगरि स्थगित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, के भयाे कुराकानी ?
अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, के भयाे कुराकानी ?
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम
नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम
बालकृष्ण ढुंगेललाई आम माफी नदिन सर्वोच्चमा निवेदन
माछापुच्छ्रे बैंकले एक साथ शुभारम्भ गर्यो ८ नयाँ शाखा
माछापुच्छ्रे बैंकले एक साथ शुभारम्भ गर्यो ८ नयाँ शाखा
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
क्यामेरा अगाडि खितिति हाँस्न थाल्यो वनघोडा …….
क्यामेरा अगाडि खितिति हाँस्न थाल्यो वनघोडा …….
नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट
नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन

तपाईंले छुटाउनुभयो कि?