नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ९, २०८०
|
|
५३ पटक हेरिएको
Shares
नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट

सारांश

  • काठमाडौँ ।
  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ ।
  • सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ ।

आज विभिन्न कम्पनी दुई सय ६७ वटा कम्पनीका ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ बराबरको कारोबार भएको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचक ७२ दशमलव ३० अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७६ दशमलव ४४ र निर्जीवन बीमा समूह एक सय ११ दशमलव १८ अङ्कले घटेको छ ।

त्यस्तै, बैङ्किङ ३७ दशमलव २४, विकास बैंक ८६ दशमलव १३, वित्त ३६ दशमलव ५२, जलविद्युत् २६ दशमलव ६३ र लगानी समूह एक दशमलव ०२ अङ्कले घटेको छ । उत्पादन तथा प्रशोधन समूह १३ दशमलव ३४, लघुवित्त ३६ दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार तीन दशमलव ८७ र अन्य समूह २७ दशमलव ९९ अङ्कले घटेको छ ।

आज किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नबिल डिबेन्चर–२०८५ को मूल्य ६ दशमलव ८७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रु १५ करोड २७ लाख ७९ हजार ७४ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख १८ हजार दुइ सय आठ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि निर्वाचन आचार संहिता
गरगहनासहित रु ३० लाख बराबरको धनमाल चोरी
गरगहनासहित रु ३० लाख बराबरको धनमाल चोरी
जम्मु कश्मिरमा लगाइएको प्रतिबन्धको एक हप्ताभित्र समिक्षा गर्न सर्वाेच्चका आदेश
जम्मु कश्मिरमा लगाइएको प्रतिबन्धको एक हप्ताभित्र समिक्षा गर्न सर्वाेच्चका आदेश
‘संसद्मा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
‘संसद्मा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३१ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३१ जनाको मृत्यु
लघुकथा: सत्य कुरा बौलाहाले गर्छ
लघुकथा: सत्य कुरा बौलाहाले गर्छ
आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति
आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति
निर्मला पन्त हत्याकाण्डमा प्रहरीको प्रयास जारी : महानिरीक्षक खनाल
निर्मला पन्त हत्याकाण्डमा प्रहरीको प्रयास जारी : महानिरीक्षक खनाल
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !

तपाईंले छुटाउनुभयो कि?