झापामा लागुऔषधका ५५४ कारोवारी पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १, २०७६
|
|
५३ पटक हेरिएको
Shares
झापामा लागुऔषधका ५५४ कारोवारी पक्राउ

सारांश

  • विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् ।
  • भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ ।
  • जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आव २०७३÷७४ मा १६५, आव २०७४÷७५ मा १८९ र आव २०७५÷७६ मा २०० लागुऔषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् ।

विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ ।जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आव २०७३÷७४ मा १६५, आव २०७४÷७५ मा १८९ र आव २०७५÷७६ मा २०० लागुऔषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेका ५५४ मध्ये २४ विदेशी नागरिक थिए । तीन वर्षमा लागुऔषधसम्बन्धी ३५४ मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइएको जनाउँदै आव २०७५÷७६ मा प्रहरीले १९ किलो चरेस, दुई किलो गाँजा र ७६८ ग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिनुभयो । सीमावर्ती काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र टाघनडुब्बा क्षेत्रमा प्रहरीले भारतीय सीमापारिबाट हुनसक्ने लागुऔषधको कारोवारलाई सुक्ष्म निगरानी राख्न थालेपछि हाल कारोवारी धमाधम पक्राउ पर्न थालेका प्रहरी उपरीक्षक मैनाली बताउनुहुन्छ ।

प्रहरीले विद्यालयमा पुगी लागुऔषधबाट बच्न विद्यार्थीलाई आग्रह गर्दै सचेतना कक्षा सञ्चालन गरिरहेको छ । विभिन्न विद्यालयमा प्रदेश सरकारको अभियानअन्तर्गत सगरमाथा टिन्स क्लब गठन कार्यसमेत तीव्ररूपमा अघि बढाइएको छ । अभियानले पनि लागुऔषधलाई निरुत्साहित गर्ने बताइएको छ । “विगतमा सामान बरामद हुने तर अभियुक्त पक्राउ नपर्ने गरेको देखिएको छ”, प्रहरी उपरीक्षक मैनालीले भन्नुभयो, “यसपटक हामीले सामान बरामदसँगै अभियुक्तलाई फुत्किन नदिने अभियान चलाएका छौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरको अबैध भारतीय कार्यालय बन्द हुन्छ :  प्रधानमन्त्री ओली
विराटनगरको अबैध भारतीय कार्यालय बन्द हुन्छ : प्रधानमन्त्री ओली
७० करोड कमिसन काण्डका योजनाकार अमेरिका भागे
७० करोड कमिसन काण्डका योजनाकार अमेरिका भागे
शेरबहादुर देउवा पनि मुछिए बालुवाटार जग्गा काण्डमा, जग्गा व्यक्तिको नाममा जानुमा देउबा जिम्मेवार
कपिलवस्तुमा मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
जापानको निर्यातमा निरन्तर गिरावट
जापानको निर्यातमा निरन्तर गिरावट
एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने
एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने
प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?
प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
यस्तो छ केपी ओलीको गृह जिल्लामा पछील्लो मत पारीणाम
यस्तो छ केपी ओलीको गृह जिल्लामा पछील्लो मत पारीणाम

तपाईंले छुटाउनुभयो कि?