सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १५, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी

सारांश

  • सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
  • डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६६८ ल्याएर विजयी हुनुभएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले कूल ६५६ मत प्राप्त गर्नुभएको छ ।

सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६६८ ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले कूल ६५६ मत प्राप्त गर्नुभएको छ । वडाभरिमा कूल दुई हजार ४०० मतदाता रहेकामा कूल एक हजार ५९० मत खसेको तथा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको विसं २०७५ जेठ १५ गते जीप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ ५२८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर तामाङले ३१० मत प्राप्त गर्नुभएको छ । उक्त मतदानमा कूल ९२४ मत खसेको थियो । स्थानीय तहको निर्वाचनमा वडा नं.३ बाट अध्यक्षमा निर्वा्चित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

त्यसैगरी अछामको मेल्लेख गाउँपालिका–५ को विन्ध्यवासिनीको उपनिर्वाचमा नेकपाका रमेश खड्का ७७८ मत ल्याई विजयी बन्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर बोहराले ५६३ मत ल्याउनुभएको छ । गएको चुनावमा उक्त वडामा कांग्रेस विजयी भएको थियो । कूल एक हजार ९०० मतदाता रहेको विन्ध्यवासिनीमा एक हजार ३५७ मत खसेको थियो । सोह्र मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । गएको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वा्चित रामबहादुर बोहराको निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यस्तै बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा विजयी हुनुभएको छ । कांग्रेसबाट उम्मेदवार बन्नुभएका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । विजयी बुढाले ३६७ मत प्राप्त गर्नुभएको छ । तत्कालीन वडाध्यक्ष खम्म नेपालीको विसं २०७५ असार १३ गते जीप दुर्घटना परी निधन भएपछि अहिले उपनिर्वाचन भएको हो ।

बैतडी जिल्लामा पनि शनिबार राति नै मतगणना सम्पन्न भएको छ । उपनिर्वाचन सम्पन्न बैतडीका तीन वडामध्ये दुई वडामा कांग्रेस, र एक वडामा नेकपा विजयी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा कांंग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

पुर्चौडी नगरपालिका–४ मा नेकपाका धानुक १०५ मत बढी लिएर विजयी हुनुभएको छ । कूल खसेको एक हजार ३३० मतमध्ये विजयी धानुकले ६६३ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गर्नुभएको छ ।

सुर्नया गाउँपालिका–१ मा भएको मतदानमा खसेको जम्मा ४३८ मतमध्ये २१९ मत प्राप्त गर्दै कांग्रेसका चन्द विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गर्नुभयो । चार मत बदर भएको छ ।

दोगडाकेदार–४ र पुर्चौडी–४ मा यसअघि विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया गाउँपालिका–१ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजदूत झा हत्या प्रकरणः कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान
पूर्वराजदूत झा हत्या प्रकरणः कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
पाँच दिन देशभरका बैंक नखुल्ने
पाँच दिन देशभरका बैंक नखुल्ने
यि हुन विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारहरु..
यि हुन विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारहरु..
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन
देउवा भन्छन् – पार्टीमा एकता नचाहने पराजित भए
जनताले तिरेर जम्मा भएको रकम अनियमितता भएको भन्दै छानबिन
जनताले तिरेर जम्मा भएको रकम अनियमितता भएको भन्दै छानबिन

तपाईंले छुटाउनुभयो कि?