क्रिकेटमा नेपाललाई काश्य

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २३, २०७६
|
|
६१ पटक हेरिएको
Shares
क्रिकेटमा नेपाललाई काश्य

सारांश

  • काठमाडौंमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जितेको छ ।
  • माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले काश्य पदक हात पारेको हो ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

काठमाडौंमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले काश्य पदक हात पारेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिजवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए । जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । नेपालले सुरुवात भने राम्रो गर्न सकेन । पाँच रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ४४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम रोकिएन । उसले ६० रन बनाउँदा चार विकेट खेर फाल्यो । नेपालका लागि पारस खड्काले तीन रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ३२ रन बनाए । यस्तै दिपेन्द्र ऐरी दुई रनमा पेभेलियन फर्किए । विनोद भण्डारी पनि १२ रनमा आउट भए ।

साग क्रिकेटमा नेपालले काश्य पदक जितेको यो पहिलो पटक हो । भारत र पाकिस्तान नभएको अवस्थामा नेपालले स्वर्णको लक्ष्य राखेको भए पनि श्रीलंका र बंगलादेशसँग पराजित हुँदा नेपालले काश्यमा चित्त बुझाउन परेको हो । महिला क्रिकेटमा पनि नेपालले काश्य नै जितेको छ । पुरुषतर्फको क्रिकेट प्रतियोगिताको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेश खेल्ने छन् ।

(www.spinabifida.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
फेवातालको रत्न मन्दिरलाई संग्राहलय बनाइने
फेवातालको रत्न मन्दिरलाई संग्राहलय बनाइने
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
मनकारी परिवार, एउटै परिवारबाट ३० लाख सहयोग
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल
डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल
काँग्रेस सभापति देउवालाई विपक्षी दलको नेतामा भूमिका नदिन माग गरिएको रिट दरपीठ
काँग्रेस सभापति देउवालाई विपक्षी दलको नेतामा भूमिका नदिन माग गरिएको रिट दरपीठ
पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली
पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
ओली-बालेन ‘वाक युद्ध’: कसले कसलाई ‘निहुँ’ खोजिरहेका छन् ?
ओली-बालेन ‘वाक युद्ध’: कसले कसलाई ‘निहुँ’ खोजिरहेका छन् ?

तपाईंले छुटाउनुभयो कि?