धितोपत्र बजार स् नेप्से १२०० नाघ्यो

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २१, २०७६
|
|
४९ पटक हेरिएको
Shares
धितोपत्र बजार स् नेप्से १२०० नाघ्यो

सारांश

  • धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १८ अङ्कले बढेको छ ।
  • नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १८.
  • २६ अङ्कले बढेर एक हजार २००.

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा पुगेको छ । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २०० नाघेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९३ अङ्कले बढेर २६०.६७ पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि भारी वृद्धि भएको छ । स्टकका अनुसार आज कुल १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर रु ८४ करोड २५ लाख ८२ हजार १५० मा खरिदबिक्री भयो ।

कारोबार भएको कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहको शेयर मात्र ओरालो लागेको छ । व्यापार १२.२६ अङ्कले घट्दा बैंकिङ २५.८६, होटल २.९८, विकास बैंक १३.१७, जलविद्युत् ०.१४, वित्त १.४९, निर्जीवन बीमा ०.७९, उत्पादन ४.४५, अन्य ३.५६, लघुवित्त ३३.९८, जीवन बीमा १२.१३ र सामूहिक लगानी कोषको शेयर ०.१५ अङ्कले बढ्यो ।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु आठ करोड ४६ लाख पाँच हजार २१५ मा खरिदबिक्री भयो । यस्तै नेको इन्स्योरेन्सको रु तीन करोड ७० लाख ९९ हजार ५९८, शिवम् सिमेन्टको रु तीन करोड ६६ लाख ६२ हजार १६८, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ६४ लाख १२ हजार ६७२, प्रभु बैंकको रु दुई करोड ५८ लाख ६ हजार ३३१, नेपाल लाइफ इन्स्योरेन्सको रु दुई करोड ४७ लाख ६४ हजार ५१८, एनएमबी बैंकको रु दुई करोड २७ लाख एक हजार ८१, एनसीसी बैङ्कको रु एक करोड ८९ लाख ५८ हजार ४५१, नेपाल बैंकको रु एक करोड ७९ लाख ७५ हजार ७९९ र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर रु एक करोड ६९ लाख ९३ हजार ८५० मा खरिदबिक्री भयो ।

आज बढी वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । आइतबार सो कम्पनीले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि त्यसको प्रभाव बजारमा देखिएको हो । यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ७.१४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ६.३०, गुराँस लघुवित्त वित्तीय संस्था ६.२४, सिभिल लघुवित्त वित्तीय संस्था ५.८८ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८१ प्रतिशतले कमाए ।

परिसूचक बढे पनि नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतले गुमाए । यस्तै नेशनल हाइड्रो पावर कम्पनी ३.७७, हिमालयन ऊर्जा विकास कम्पनी ३.७३, नेपाल सेवा लघुवित्त वित्तीय संस्था २.७३, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा वित्तीय संस्था २.५ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

नेको इस्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने

नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५र०७६ को नाफाबाट शेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बीमा समितिको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसीलाई आजै काठमाडौं ल्याउने नेकपाको तयारी
डा. गोविन्द केसीलाई आजै काठमाडौं ल्याउने नेकपाको तयारी
शिक्षक अभाव हुँदा उभिएरै पढ्छन विद्यार्थी !
शिक्षक अभाव हुँदा उभिएरै पढ्छन विद्यार्थी !
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
अस्ताए ‘कभि कभि मेरे दिलमे खयाल आता है’का संगीतकार खयाम
अस्ताए ‘कभि कभि मेरे दिलमे खयाल आता है’का संगीतकार खयाम
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
सरकारले ल्याएको बजेटले संघीयता नै खतरामा:  रिता माझी
सरकारले ल्याएको बजेटले संघीयता नै खतरामा: रिता माझी
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने

तपाईंले छुटाउनुभयो कि?