राष्ट्रियसभा निर्वाचन उम्मेद्वारलाई लिएर राजपाभित्र तीव्र विवाद

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २३, २०७६
|
|
५३ पटक हेरिएको
Shares
राष्ट्रियसभा निर्वाचन उम्मेद्वारलाई लिएर राजपाभित्र तीव्र विवाद

सारांश

  • काठमाडौं।
  • आसन्न राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार चयनपछि राष्ट्रिय जनता पार्टी (राजपा) मा आन्तरिक विवाद चुलिएको छ।
  • टिकट वितरणमा अध्यक्ष मण्डलले अपनाएको प्रक्रियालाई लिएर राजपामा विवाद चुलिएको हो।

काठमाडौं। आसन्न राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार चयनपछि राष्ट्रिय जनता पार्टी (राजपा) मा आन्तरिक विवाद चुलिएको छ। टिकट वितरणमा अध्यक्ष मण्डलले अपनाएको प्रक्रियालाई लिएर राजपामा विवाद चुलिएको हो।

राजपाले राष्ट्रियसभा निर्वाचनको संयोजन गर्ने जिम्मा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोलाई दिएको थियो। चार दर्जनभन्दा बढी आकांक्षीबाट अध्यक्ष मण्डलले दुईजना उम्मेदवार छनोट गरेको थियो।

अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर र महेन्द्रराय यादव पार्टीको निर्णयबाट असन्तुष्ट छन्। सोमबारको बैठकमा अध्यक्ष मण्डलका सदस्य यादव अनुपस्थित भए भने बैठकमा पुगेका अर्का सदस्य ठाकुर ‘तपाईंहरूलाई जे गर्नु छ गर्नुस्’ भन्दै केहीबेरमै बैठक छोडेर हिँडेका थिए।

दुईजना सदस्यले बहिष्कार गरे पनि बैठकले राष्ट्रियसभा निर्वाचनमा मत दिने आफ्ना जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिनेलगायत निर्णय गरेको छ। पुस २७ गते मतदाताहरूसँग बर्दिबासमा बैठक गर्ने, माघ ७ र ८ गते बर्दिबासमै प्रशिक्षण, प्रदेश २ को संयोजन गर्ने जिम्मेवारी प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनललाई दिने निर्णय बैठकले गरेको थियो।

राष्ट्रियसभा सदस्यका लागि राजपाबाट मृगेन्द्रसिंह यादव र शेखर सिंहले टिकट पाएका छन् । दुवैजना सप्तरीवासी हुन् । मृगेन्द्र संयोजक महतो र शेखर अध्यक्षमण्डल सदस्य भण्डारीनिकट मानिन्छन् । राष्ट्रियसभा सदस्यका लागि टिकट पाएका मृगेन्द्र तीन पटक क्षेत्रीय प्रशासक बनिसकेका छन् ।

टिकट वितरणमा अन्य जिल्लालाई महŒव नदिइएको भन्दै राजपाभित्र विरोधको स्वर बढिरहेको छ । पार्टीले योग्य र प्रतिबद्ध नेतालाई टिकट नदिएको राजपाका कतिपय नेता–कार्यकर्ताहरूको आरोप छ ।

राजपाका कतिपय नेताले त टिकट वितरणमा पैसाको चलखेल भएको दाबी गरेका छन् । संयोजक महतो र सदस्य भण्डारीले पैसाको चलखेल गरेर टिकट बाँडेको भन्दै यस विषयमा छानबिन हुनुपर्ने राजपाका नेताहरुले माग गरेका छन्।

महतो संयोजक भएको बेला पार्टी्भित्र केही न केही गडबडी हुने गरेको कार्यकर्ताहरूको भनाइ छ । अहिले पनि महतोले विगतझैँ गडबडी गरेको उनीहरूको आरोप छ। महाधिवेशन तयारी समितिको संयोजक ठाकुर रहे पनि उनको अनुपस्थितिमा चारजना सदस्यले सोमबारको बैठकमा महाधिवेशनसम्बन्धी निर्णय गरेको राजपाका असन्तुष्ट कार्यकर्ताहरूको भनाइ छ।

पार्टीभित्रको पछिल्ला निर्णयहरूबाट पूर्व–तमलोपाका नेता कार्यकर्ताहरू आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । राजपाका एकजना पूर्व–तमलोपा नेताले भने, ‘पार्टी्भित्र पूर्व–तमलोपाका नेता–कार्यकर्ताको भविष्य असुरक्षित रहेको जस्तो लागेको छ। हामी पार्टी्भित्र कसरी बस्ने समस्या देखिएको छ, अरू नै बाटो खोज्ने बेला आइसकेजस्तो लागेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
लिल कृष्णको ‘सरु’ मा अभिनेत्री शिल्पा (भिडियो)
लिल कृष्णको ‘सरु’ मा अभिनेत्री शिल्पा (भिडियो)
आर्सनल र लिभरपुल बराबरीमा रोकिए
आर्सनल र लिभरपुल बराबरीमा रोकिए
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
रेन्बो ट्राउट माछापालन शुरु
रेन्बो ट्राउट माछापालन शुरु
अाजबाट दिनमा ६ घन्टा बन्द, कुन समय यात्रा गर्ने ?
अाजबाट दिनमा ६ घन्टा बन्द, कुन समय यात्रा गर्ने ?
भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय
भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय
स्थापना दिवसमा पनि बाढीपीडितको सेवामा रेडक्रस, पाँच हजार जनशक्ति परिचालन
स्थापना दिवसमा पनि बाढीपीडितको सेवामा रेडक्रस, पाँच हजार जनशक्ति परिचालन
वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु
वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु
कस्तो होला त २५ लाख अमेरिकी डलरको चिनिया बन्दुक ?
कस्तो होला त २५ लाख अमेरिकी डलरको चिनिया बन्दुक ?

तपाईंले छुटाउनुभयो कि?