नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १३, २०७७
|
|
६० पटक हेरिएको
Shares
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी

सारांश

  • मुलक लकडाउन गरिएको दुई महिना नाघेको छ ।
  • कोरोना संक्रमितको संख्या ७ सय नजिक पुगेको छ ।
  • खुल्ला सिमानाका कारण भारतबाट बेरोकतोक र विनापरीक्षण नेपालीहरू भित्रिरहेका छन् ।

मुलक लकडाउन गरिएको दुई महिना नाघेको छ । कोरोना संक्रमितको संख्या ७ सय नजिक पुगेको छ । खुल्ला सिमानाका कारण भारतबाट बेरोकतोक र विनापरीक्षण नेपालीहरू भित्रिरहेका छन् । पछिल्लो एक सातामा मात्र दश हजार जना भन्दा बढी भित्रिएको सुरक्षा स्रोतले बताएको छ ।

क्वारेन्टिनको कमजोर व्यवस्थापन र स्वास्थ्य परीक्षणको अभावका कारण भारतसँग सीमा जोडिएका १, २, ५ र सुदूर पश्चिम प्रदेश अत्यधिक जोखिममा छन् । तराईका अरु जिल्ला झैं रौतहटको हालत पनि खराब उन्मुख देखिन्छ । त्यहाँ हिजोसम्म २२ जनामा संक्रमण देखिएकोमा आज एकैचोटी २२ जना थपिएका छन् । सीमा जोडिएको बाराको गढीमाई नगरपालिकामा मात्रै २१ जना संक्रमित फेला परेका छन् ।

तोकिएको नाकाबाट नभई अधिकांश भारतीय सीमाको क्वारेन्टिनबाट निस्केर खेत,बारी,खोला,जंगलबाट लुसुलुसु छिरेको सुरक्षा स्रोत बताउँछ । पारीपट्टि कोरोना संक्रमितको संख्या अथाह हुन थालेको छ । स्रोतकाअनुसार ३२ भारतसङ्ग रौतहट जिल्लाको ३२ किलोमीटर सीमा जोडिन्छ र सीमा क्षेत्रबाट छिर्नेहरूमा संक्रमित दर १५ प्रतिशतभन्दा बढी पुगेको छ । रौतहटमा अघिल्लो पटक १ सय १० जनाको परीक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको थियो ।

तोकिएको नाकाबाट आउन खोज्नेलाई भारतीय सुरक्षाकर्मीले नजराना मागेपछि उनीहरूले अन्य बाटो रोजेका हुन् । नेपाल छिर्न आफूहरूसँग प्रतिव्यक्ति पाँच हजार भारुसम्म घुस लिएको पीडितहरूले एक जना जनप्रतिनिधिलाई बताएका छन् । जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी भयो जहाज दुर्घटना- २२ घाइते अस्पतालमा, ४९ जनाले ज्यान गुमाए
धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा
धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च
प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च
सुनसरी क्षेत्र नं ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन
सुनसरी क्षेत्र नं ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
देहव्यापारका लागी चिनिया युवकले पाकिस्तानी युवती विहे गरेको आरोप !
देहव्यापारका लागी चिनिया युवकले पाकिस्तानी युवती विहे गरेको आरोप !
कोरोनाको उपचारपछि ठीक भएर घर फर्किएको संख्या ४ लाख बढी
कोरोनाको उपचारपछि ठीक भएर घर फर्किएको संख्या ४ लाख बढी
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

तपाईंले छुटाउनुभयो कि?