स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच १२ बुँदे सहमति

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २३, २०७७
|
|
५५ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच १२ बुँदे सहमति

सारांश

  • काठमाडौँ, २३ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ ।
  • मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा रोशन पोखरेल र सहप्रवक्ता डा समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो ।
  • सहमतिसँगै अनशनरत युवाले अनशन तोड्न छन् ।

काठमाडौँ, २३ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा रोशन पोखरेल र सहप्रवक्ता डा समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो । सहमतिसँगै अनशनरत युवाले अनशन तोड्न छन् । सहमतिअनुसार कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गरी पिसिआर विधिमात्र प्रयोग गरिने छ ।

विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, कोभिड १९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएकोजस्ता कोभिड–१९ का कुनै पनि लक्षण देखा परेका व्यक्ति र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्तिको पिसिआर परीक्षण हुने छ ।

सहमतिअनुसार विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर निजको इच्छाअनुसार होम क्वारेन्टाईन वा होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिनमा बस्ने वा राख्ने व्यवस्था गर्ने, क्वारेन्टाइन र होल्डिग सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा भएकालाई अनिवार्य पिसिआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा मात्र समाजमा पुनः स्थापना गर्ने गराउने व्यवस्था कार्यविधि र निर्देशिकामा यसै हप्ताभित्र समावेश गर्ने गरिने भएको छ ।

यस्तै सर्वोच्च अदालतको फैसला र आदेशबमोजिम परीक्षण तथा क्वारेन्टिनलगायतका विषयमा हाल जारी गरिएका निर्देशिका एवं मापदण्ड परिमार्जन गर्ने, कोभिड–१९ को खर्च सम्बन्धि विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सन्दर्भमा श्रम मन्त्रालय र अन्य विषयमा गृहमन्त्रालयलाई एक हप्ताभित्र लेखी पठाउने पनि सहमतिपत्रका उल्लेख गरिएको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियोसहित)
फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियोसहित)
कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन
कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन
के भयो जब पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो ?
के भयो जब पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो ?
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर
नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर
बाढीपहिरो पीडितका लागि सहयोग संकलन गर्दै राष्ट्रिय जनमोर्चा
बाढीपहिरो पीडितका लागि सहयोग संकलन गर्दै राष्ट्रिय जनमोर्चा
कुशलकी आमा भन्छिन्-‘साग केलाउँदै छोराको खेल हेरें, देशको नाम राख्यो निकै खुसी छु’
कुशलकी आमा भन्छिन्-‘साग केलाउँदै छोराको खेल हेरें, देशको नाम राख्यो निकै खुसी छु’
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन
क्यासिनो मुद्दा: अदालत बिकेको की  हेर्न नभ्याएको ?
क्यासिनो मुद्दा: अदालत बिकेको की हेर्न नभ्याएको ?
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल टाेलिकाे घोषणा
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल टाेलिकाे घोषणा

तपाईंले छुटाउनुभयो कि?