मोटरसाइकल किन्न रकम नदिएको झोंकमा एक युवाले बाबुको हत्या गरे

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
६५ पटक हेरिएको
Shares
मोटरसाइकल किन्न रकम नदिएको झोंकमा एक युवाले बाबुको हत्या गरे

सारांश

  • श्रावण ६, २०७४- मोटरसाइकल किन्न रकम नदिएको झोंकमा चितवनको कालिका नगरपालिका– २ पदमपुरका एक युवाले बाबुको हत्या गरेका छन् ।
  • स्थानीय ४८ वर्षीय भूमिनन्द दुलालका छोरा अञ्जनले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।
  • प्रहरीका अनुसार बुधबार दिउँसो दुवैजना मादक पदार्थ सेवन गर्न बसेका बेला अञ्जनले पल्सर मोटरसाइकल किन्न रकम मागेका थिए ।

श्रावण ६, २०७४- मोटरसाइकल किन्न रकम नदिएको झोंकमा चितवनको कालिका नगरपालिका– २ पदमपुरका एक युवाले बाबुको हत्या गरेका छन् ।

स्थानीय ४८ वर्षीय भूमिनन्द दुलालका छोरा अञ्जनले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् । प्रहरीका अनुसार बुधबार दिउँसो दुवैजना मादक पदार्थ सेवन गर्न बसेका बेला अञ्जनले पल्सर मोटरसाइकल किन्न रकम मागेका थिए । बुबाले नदिने अडान लिए ।

विवाद बढदै गएपछि दुलालले छोरालाई दाउराको चिर्पटले प्रहार गरे । घाइते अञ्जनले ब्लेड निकालेर बुबाको हात, खुट्टा, आँखा र निधारलगायतका भागको नसा काटेको र उपचारको अभावमा अधिक रक्तश्रावका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।

बाबुको हत्यापछि छोरा अञ्जनले अर्को कोठामा बसेका भिनाजु टेकबहादुर बुढा र दिदीलाई बोलाएका थिए । अञ्जनले रत्ननगरमा भएकी आमा लगायतका परिवारका सदस्यलाई तत्काल बोलाएर हत्या गरेको घटनाको जानकारी गराए । ‘त्यसपछि घटना लुकाउने प्रयास गरियो,’ एसपी थापाले भने, ‘गाउँमा गाइँगुइँ हल्ला चलेपछि साँझ घटनास्थल पुगेर तन्नाले बेरेर लुकाएर राखेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।’

सम्पत्तिकै निहुँमा बाबु–छोराबीच दिनहुँ झगडा हुने गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनायो । प्रहरीले राति पोस्टमार्टमका लागि शव ल्याउन लाग्दा केहीबेर विवाद भएको थियो । दुलाल क्रिश्चियन धर्म मान्ने भएकाले शव पोस्टमार्टम गर्न नदिने परिवारको अडान थियो ।
नागरिक बाट

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार
प्रधानमन्त्री अोलीले पार्टीमा भित्र्याएका ‘कामचोर’ ठेकेदार प्रकाउ !
प्रधानमन्त्री अोलीले पार्टीमा भित्र्याएका ‘कामचोर’ ठेकेदार प्रकाउ !
बोक्सीको आरोपमा कुटपिट
बोक्सीको आरोपमा कुटपिट
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
सत्तारुढ दल मिलेर जान कुरा भयो : प्रचण्ड
सत्तारुढ दल मिलेर जान कुरा भयो : प्रचण्ड
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने

तपाईंले छुटाउनुभयो कि?