जग्गाको कित्ताकाट खुल्यो

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २२, २०७७
|
|
५२ पटक हेरिएको
Shares
जग्गाको कित्ताकाट खुल्यो

सारांश

  • सरकारले जग्गाको कित्ताकाट खुलाएको छ ।
  • यसअघि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरी सम्बन्धित कार्यालयहरुलाई परिपत्र समेत जारी गरेको हो ।
  • १८ भाद्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गर्ने मन्त्रिस्तरीय निर्णय गरेकी हुन् ।

सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । यसअघि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरी सम्बन्धित कार्यालयहरुलाई परिपत्र समेत जारी गरेको हो ।

१८ भाद्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गर्ने मन्त्रिस्तरीय निर्णय गरेकी हुन् । त्यसपछि १९ भाद्रमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्र पठाउँदै यसअघि कृषियोग्य जग्गाको खण्डीकरणबारेको पूर्व निर्णयहरु बदर गरिएको पत्र पठाएको थियो ।

विभागहरुले जिल्ला र स्थानीय तहका कार्यालयहरुलाई परिपत्र जारी गरी कित्ताकाट खुलाइएको जानकारी दिएका थिए । यसअघि कृषियोग्य जमिनको खण्डीकरण रोक्न तत्कालिन भूमि व्यवस्थामन्त्री गोपाल दहितले २०७४ साउनमा कित्ताकाट रोक्ने निर्णय गरेका थिए ।

कित्ताकाट खोल्नुमा जग्गा कारोबारीहरुको स्वार्थ गाँसिएको बताइएको छ । घरजग्गा व्यवसायलाई बढाएर सरकारले कोरोना कहरमा आर्थिक संकटको समस्या केही हदमा समाधान गर्ने नीति समेत बनाइएको हुनसक्ने कतिपयको विश्लेषण रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय सहरी नीति ल्याउने तयारी
संघीय सहरी नीति ल्याउने तयारी
बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा
बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा
एमाले माओवादी एकता- केन्द्रीय कमिटीमा ६०/४०, आठ तह बनाउने तयारी
एमाले माओवादी एकता- केन्द्रीय कमिटीमा ६०/४०, आठ तह बनाउने तयारी
कर्मचारी र बजेट माग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही
कर्मचारी र बजेट माग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही
जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल
जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, ४,८२, ७०७ जना विद्यार्थी सहभागी हुने
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, ४,८२, ७०७ जना विद्यार्थी सहभागी हुने
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै

तपाईंले छुटाउनुभयो कि?