बार्सिलोना र सिटी बिच कडा प्रतिस्प्रदा…

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक ३, २०७३
|
|
२२६ पटक हेरिएको
Shares
बार्सिलोना र सिटी बिच कडा प्रतिस्प्रदा…

सारांश

  • युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति हुने खेलका लागि एएफपीको पूर्वविश्लेषण ।
  • यी खेलमा सबैभन्दा ठूलो रहेको छ, पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले गर्ने बार्सिलोनाको भ्रमण ।
  • समूह ‘ए’ पीएसजीविरुद्ध बासेल गत सिजन युरोपाकपको फाइनल प्रवेश गर्न सेभियाले बासेललाई हराएको थियो ।

युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति हुने खेलका लागि एएफपीको पूर्वविश्लेषण । यी खेलमा सबैभन्दा ठूलो रहेको छ, पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले गर्ने बार्सिलोनाको भ्रमण ।

समूह ‘ए’
पीएसजीविरुद्ध बासेल
गत सिजन युरोपाकपको फाइनल प्रवेश गर्न सेभियाले बासेललाई हराएको थियो । त्यति बेलाका सेभियाका प्रशिक्षक उनाइ इभरीको काँधमा अहलिे फ्रान्सेली च्याम्पियन पीएसजी रहेको छ । त्यसैले पीएसजीले यसपल्ट बासेलको सामना गर्दा एमेरी निकै आत्मविश्वासी हुनेछन् । र, यसको एउटा कारण रहनेछ, उरुग्वेली स्ट्राइकर एडिसन काभानीको उत्कृष्ट लय । उनले पछिल्ला ११ खेलमा १५ गोल गरेका छन् ।

आर्सनलविरुद्ध लुडोगोरेट्स रजगार्ड
च्याम्पियन्स लिगमा आर्सनल अपराजित यात्राको सुरुआत लिन सफल रहेको छ । त्यसैले लुडोगोरेट्स रजगार्डको सामना गर्दा आर्सन वेन्गरको आर्सनल आत्मविश्वासी हुनेछ । आर्सनल पेरिसमा बराबरीमा रोकिएता बासेललाई हराउन सफल रहेको थियो । त्यस खेलमा थियो वाल्कटले दुई गोल गरेका थिए ।

घरेलु टिममा पछिल्लोपटक आर्सनलले स्वान्सीलाई हराएको थियो र त्यसमा डिफेन्समा कमजोरी देखिएको थियो । लुडोगोरेट्स विरुद्धको खेलमा आर्सनल यो तथ्यमा सच्चिन चाहन्छ ।

समूह ‘बी’
नेपोलीविरुद्ध बेसिकटास
नेपोली यसपल्टको च्याम्पियन्स लिगमा अन्तिम १६ मा पुग्ने पहिलो टिम हुन सक्नेछ, यदि उसले बेसिकटासलाई हराउनेछ र समूहको अर्को खेल बराबरीमा टुंगिनेछ । नेपोलीले यसअघिका दुवै खेल जितेका थिए र अहिले जितको ह्याट्रिक गर्ने क्रममा छ । घरेलु सिरी ‘ए’ मा भने नेपोली पछिल्लो खेलमा एएस रोमासँग पराजित रहेको छ । सन् २००९/२०१० को सिजनयता पहिलोपल्ट युरोपमा खेलिरहेको बेसिकटास भने घरेलु लिगमा राम्रो लयमा छ ।

डायनामो किभविरुद्ध बेनफिका
दुवै टिम पहिलो जितको प्रयासमा हुनेछ । यस खेलमा जित प्राप्त गर्न सक्ने टिमले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन सक्छ ।

समूह ‘सी’
सेल्टिकविरुद्ध बोर्सिया मोन्चेनग्लायडब्याक पछिल्लोपटक सेल्टिकले पेप ग्वार्डिओलाका म्यानचेस्टर सिटीलाई ३–३ को बराबरीमा रोकेका थियो । सेल्टिक यस्तै, नभएर योभन्दा राम्रो नतिजा निकाल्ने प्रयासमा रहनेछ, बोर्सिया मोन्चेनग्लायडब्याकविरुद्ध ।

बार्सिलोनाविरुद्ध म्यानचेस्टर सिटी
प्रशिक्षक पेप ग्वार्डिओला फेरि एकपल्ट बार्सिलोना फर्कंदै छन् । बार्सिलोनाका लागि खेलाडी र प्रशिक्षक दुवै रूपमा उनले च्याम्पियन्स लिग जिते । अहिले उनी म्यानचेस्टर सिटीको प्रशिक्षक छन् । यी दुईबीचको खेल सिजनकै सबैभन्दा प्रतीक्षित खेल रहेको छ । लियोनल मेसी, लुइस स्वारेज र नेयमारसहितको बार्सिलोनाले च्याम्पियन्स लिगका घरमा भएका १२ खेल लगातार जितेका छन् । यसैलाई तोड्ने अभियानमा रहनेछ, इङलिस प्रिमियर लिग क्लब ।

समूह ‘डी’
रोस्टोभविरुद्ध एटलेटिको म्याड्रिड
रुसी टिम रोस्टोभले बायर्न म्युनिखसँग ठूलो अन्तरले हार्न अगाडि पीएसभीलाई डेब्यु खेलमा बराबरीमा रोकेको थियो । घरमा पनि रोस्टोभले राम्रो गर्न सकेको छैन र उसका लागि आफ्ना समर्थकको खराब व्यवहार फेरि समस्या हुन सक्नेछ ।

बायर्न म्युनिखविरुद्ध पीएसभी आयनहोभन
बायर्न म्युनिखको कोही आलोचक छ भने अहिले प्रशिक्षक कार्लो एन्सेलोटी भएका छन् । टिमले शनिबार मात्र फ्रायन्कफर्टसँग बराबरी खेल्यो, प्रशिक्षक एन्सेलोटीले आफ्नै खेलाडीको आलोचना गरेका थिए । यस्तोमा पीएसभीको सामना गर्दा खेलाडीसामु आफ्नो कमजोरी सच्याउने चर्को दबाब हुनेछ ।

प्रकाशित: कार्तिक ३, २०७३

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?
कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?
प्रदेश नं ४काे नाम गण्डकी राख्न दिन्नाै: जनजाति महासंघ
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
बुटवल उप-महानगरपालिकाको पछिल्लो ताजा मत अपडेट
बुटवल उप-महानगरपालिकाको पछिल्लो ताजा मत अपडेट
विवाद र चर्चाको शेयरबजार, वर्षभरीमा ३८ अर्ब ३३ करोड ७९ लाख गुम्यो
विवाद र चर्चाको शेयरबजार, वर्षभरीमा ३८ अर्ब ३३ करोड ७९ लाख गुम्यो
Sanjay Leela Bhansali’s Film Padmaavat where did Alauddin khilji first see the beauty of Padmavati?
Sanjay Leela Bhansali’s Film Padmaavat where did Alauddin khilji first see the beauty of Padmavati?
नेपाल अाइडलका  रवी वडका लागी लेखराज भट्टले मागे भाेट !
नेपाल अाइडलका रवी वडका लागी लेखराज भट्टले मागे भाेट !
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर

तपाईंले छुटाउनुभयो कि?