ओली पक्षधरको प्रशिक्षणमा पाए यी नेताहरुले जिम्मेवारी (नामावलीसहित)

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ८, २०७७
|
|
६० पटक हेरिएको
Shares
ओली पक्षधरको प्रशिक्षणमा पाए यी नेताहरुले जिम्मेवारी (नामावलीसहित)

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको ओली पक्षधरले आज नयाँ केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिन शुरु गरेको छ ।
  • प्रशिक्षणका लागि नेताहरुलाई जिम्मेवार समेत दिइएको छ ।
  • सातै प्रदेशमा केन्द्रीय नेताहरुले प्रशिक्षण दिनेछन् ।

नेपाल कम्युनिस्ट पार्टीको ओली पक्षधरले आज नयाँ केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिन शुरु गरेको छ । प्रशिक्षणका लागि नेताहरुलाई जिम्मेवार समेत दिइएको छ ।

सातै प्रदेशमा केन्द्रीय नेताहरुले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा नेकपाका ओली पक्षका प्रभावशाली नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

सुदरपश्चिम प्रदेशको प्रशिक्षणको जिम्मेवारी पाउने शुरुको नाममा लेखराज भट्ट छ । उनी प्रचण्ड गुट त्यागेर ओली पक्षमा लागेका हुन् । गण्डकी प्रदेशमा पनि प्रचण्ड पक्ष त्यागेर ओली पक्षमा लागेका टोपबहादुर रायमाझीको नाम अगाडि छ । प्रदेश नं १ मा प्रशिक्षण दिनेमध्ये प्रचण्ड गुट त्यागेर ओली पक्षमा लागेका मणि थापाको नाम पनि छ ।

यसअघि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ जना थपेका थिए । उनले ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका थिए ।

१. सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे

२. कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य

३. लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा

४. गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल

५. वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल

६. प्रदेश नं २.– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो

७. प्रदेश नं. १.– सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुरोध
सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ
सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ
एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा
एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
बलत्कारबाट जोगिन अब एस्तो पेन्टी !
बलत्कारबाट जोगिन अब एस्तो पेन्टी !
काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
यि हुन ‘मेरी मामु’ चलचित्रकि मुख्य नायिका (फोटोफिचर)
यि हुन ‘मेरी मामु’ चलचित्रकि मुख्य नायिका (फोटोफिचर)
माघ तेस्रो सातादेखि रेल चल्ने
माघ तेस्रो सातादेखि रेल चल्ने

तपाईंले छुटाउनुभयो कि?