चीनले ओली र प्रचण्डलाई मिलाउन सक्ला ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १२, २०७७
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको विभाजनबाट छिमेकी चीनले नेपाल मामलामा ठुलो राजनीतिक धक्का भोगेको छ ।
  • उसले चिनियाँ पत्रपत्रिकामार्फत् दिएको जानकारीहरुबाट पनि यो बुझ्न सकिन्छ ।
  • चीनको विदेशनीतिसम्बन्धी सन्देश आउने गरेको ग्लोबल टाइम्सले त नेपालमा नेकपा विभाजन गराएर राजनीतिक अस्थिरता बढाउन खोजिएको भन्दै चीन गम्भीर भएको लेखेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको विभाजनबाट छिमेकी चीनले नेपाल मामलामा ठुलो राजनीतिक धक्का भोगेको छ । उसले चिनियाँ पत्रपत्रिकामार्फत् दिएको जानकारीहरुबाट पनि यो बुझ्न सकिन्छ । चीनको विदेशनीतिसम्बन्धी सन्देश आउने गरेको ग्लोबल टाइम्सले त नेपालमा नेकपा विभाजन गराएर राजनीतिक अस्थिरता बढाउन खोजिएको भन्दै चीन गम्भीर भएको लेखेको थियो ।

ग्लोबल टाइम्सले चीन नेपालमा राजनीतिक स्थिरता र समृद्धि चाहने गरेको दाबी गर्दै अन्य शक्तिले अस्थिरता बढाउन खोजेको आरोप लगाएको छ । यता चीनले नेकपालाई पुनः एक बनाउने गृहकार्य शुरु गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यहु नेपाल आएका छन् । उनी चार सदस्यीय टोलीसहित आइतबार विहानको चाइना साउर्थन एयरलाइन्सको उडानबाट काठमाडौं उत्रिएर । पिपिए लगाएर विमानस्थलबाट निस्किएको टोली सुरक्षाकर्मी नलिई भेटघाटमा सक्रिय भएको छ ।यहु नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली देखि नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेतलाई भेटेर चिनियाँ चाहना र धारणा सुनाउने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर टोली आएको बुझिएको छ । चीनले नेकपालाई पुनः एक हुन दुवै समूहमाथि दबाब बढाएको छ । यो चीनको निर्णायक प्रयासका रुपमा हेरिएको छ । चीनको यो प्रसासका बाबजुद नेकपा पुनः एक हुने सम्भावना भने कम देखिएको छ ।

यसअघि चिनियाँ राजदूत होउ यान्छी गत हप्ताभर नेकपा एकताका लागि प्रयास गर्दै दौडधुप गरेकी थिइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मङ्गलबार, प्रचण्डलाई बिहिबार र शुक्रबार माधवकुमार नेपाल, कृष्णबहादुर महरा र वर्षमान पुनलाई भेटेकी थिइन् । सबै भेटमा छलफल नेकपा विभाजनपछिको राजनीतिक भविष्यबारे केन्द्रित रहेको थियो । उनले एकताको सूत्रबारे छलफल गरेकी थिइन् ।-फाइल तस्बिर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना महामारीका बीच ८ गुम्बा तथा विहारलाई नेपाल बौद्ध संघको सहयोग
कोरोना महामारीका बीच ८ गुम्बा तथा विहारलाई नेपाल बौद्ध संघको सहयोग
श्रमदान गरेर पदमार्ग निर्माण
श्रमदान गरेर पदमार्ग निर्माण
मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार !
मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार !
तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन-स्वास्थ्य मन्त्रालय
ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन-स्वास्थ्य मन्त्रालय
जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन
जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन
लोकमान जोगाउन भारतीय राजदूत “रे” सक्रिय
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित

तपाईंले छुटाउनुभयो कि?