केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ४, २०७७
|
|
५२ पटक हेरिएको
Shares
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको गम्भीर आरोप लगाएका छन् ।
  • आज काठमाडौंको बुद्धनगरमा आयोजित आफू पक्षधर राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।
  • त्यस्तै, प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरोधी नारा दिएपनि भ्रष्टाचारीलाई संरक्षण गरेको पनि दाहालको गम्भीर आरोप छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको गम्भीर आरोप लगाएका छन् । आज काठमाडौंको बुद्धनगरमा आयोजित आफू पक्षधर राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् । त्यस्तै, प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरोधी नारा दिएपनि भ्रष्टाचारीलाई संरक्षण गरेको पनि दाहालको गम्भीर आरोप छ ।

त्यस्तै, दाहालले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । उनले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको आरोप लगाए । उनले भने,‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं ।’ उनले ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको पनि आरोप लगाए ।

उनले पार्टीले प्रधानमन्त्री बनाएको हुनाले पार्टी निर्णय नमानेपछि ओलीलाई अनुशासनको कारवाही गर्नसक्नेपनि सम्झाए । उनले भने,‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हुँदो हो त हाम्रो २७५ जना नै प्रधानमन्त्री हुन्थे। एउटै मात्रै प्रधानमन्त्री हुन्थ्यो त? सबै निर्वाचित सांसद हुन्। सबै प्रधानमन्त्री हुँदैन। तपाईंलाई पार्टीले प्रधानमन्त्री बनायो। चाहेपछि झिकिदियो। अनुशासनमा राख्ने र नसके कारवाही गर्ने भन्ने तपाईंलाई थाहा थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Winter Skin care: 6 Natural Face Packs From Your Kitchen Shelf For A Natural Glow
Winter Skin care: 6 Natural Face Packs From Your Kitchen Shelf For A Natural Glow
गोरखा पुगेर आफ्नो घटना सुनाउँदै नारायणकाजीले गरे बाबुरामबारे यस्तो खुलासा
गोरखा पुगेर आफ्नो घटना सुनाउँदै नारायणकाजीले गरे बाबुरामबारे यस्तो खुलासा
रबिन्द्र अधिकारीलाई सम्झेर भावुक बने योगेश भट्टराई
रबिन्द्र अधिकारीलाई सम्झेर भावुक बने योगेश भट्टराई
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
विश्व सम्पदालाई नीजि सम्पत्ति जस्तै ठान्नेलाई कारवाहीको माग
विश्व सम्पदालाई नीजि सम्पत्ति जस्तै ठान्नेलाई कारवाहीको माग
साथीलाई इ-सेवा चलाउन सिकाउनुस्, ३० रुपैयाँ कमाउनुस
साथीलाई इ-सेवा चलाउन सिकाउनुस्, ३० रुपैयाँ कमाउनुस
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी
भाइरल बन्दै  चर्चित गायक  खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत  “भिटामिन”  ! हेर्नुहोस   (भिडियो सहित)
भाइरल बन्दै चर्चित गायक खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत “भिटामिन” ! हेर्नुहोस (भिडियो सहित)
कपिलसँगको रिस किन कम भएन सुनीलको ?
कपिलसँगको रिस किन कम भएन सुनीलको ?

तपाईंले छुटाउनुभयो कि?