काभ्रेमा बद्रीराज विजयी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २६, २०७७
|
|
६६ पटक हेरिएको
Shares
काभ्रेमा बद्रीराज विजयी

सारांश

  • महासङ्घ काभ्रेपलाञ्चोकको बुधबार भएको निर्वाचनबाट प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका भएका छन् ।
  • बुधवार सम्पन्न निर्वाचनको मत परिणामअनुसार तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईँलाई १७ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् ।
  • युनियन र प्रेस सङ्गठन नेपालको संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार तिमल्सिनाले ६८ मत ल्याए भने बजगाईँले ५१ मत प्राप्त गरे ।

महासङ्घ काभ्रेपलाञ्चोकको बुधबार भएको निर्वाचनबाट प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका भएका छन् । बुधवार सम्पन्न निर्वाचनको मत परिणामअनुसार तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईँलाई १७ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् ।

युनियन र प्रेस सङ्गठन नेपालको संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार तिमल्सिनाले ६८ मत ल्याए भने बजगाईँले ५१ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा प्रेस चौतारीका विनोद न्यौपानेले ६१ मत प्राप्त गरी प्रेस सङ्गठनका प्रल्हाद शर्मा हुमागाईँलाई पछाडि पार्न सफल भए । हुमागाईँले ५७ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा सुनिता सापकोटाले ६४ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै कार्यसमितिको सचिवमा युनियनका कपिल कोइराला, कोषाध्यक्ष चौतारीका केदारनाथ तिमल्सिना, खुला सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगतमान बल तामाङ विजयी भएका छन् । सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी भएका छन् । कार्यसमितिको अपाङ्गता सदस्यमा रामचन्द्र अधिकारी, समावेशी सदस्यमा बद्री तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम निर्विरोध निर्वाचित भएका छन् ।

सोही दिन भएको निर्वाचनबाट केन्द्रीय परिषद सदस्यमा प्रदीप केसी र भुवन रायमाझी, प्रदेश परिषद् सदस्यमा नवराज सापकोटा, निरञ्जन गेलाल, भरत अधिकारी, रामचन्द्र दनुवार र लक्ष्मण तिमल्सिना विजयी भएका छन् । केन्द्रीय परिषद् महिला सदस्यमा यसअघि सरिता सापकोटा तथा प्रदेश परिषद् महिला सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, कविता शर्मा र सूर्यमाया दनुवार निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसमा कम्पन, शेखर समुहले ७७ वटै जिल्लामा विद्रोही उम्मेदवार खडा गर्ने !
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड
‘३ नं प्रदेशको राजधानी नुवाकोट हुन सक्छ’
‘३ नं प्रदेशको राजधानी नुवाकोट हुन सक्छ’
बालुवाटार घेर्न हिडेकालाई पानी र लाठीचार्ज
बालुवाटार घेर्न हिडेकालाई पानी र लाठीचार्ज
बाबुराम भट्टराईले भने’ जनयुद्ध गर्छाै’
बाबुराम भट्टराईले भने’ जनयुद्ध गर्छाै’
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
बिहिबार थपेको ७ स्वर्ण सहित नेपालको कुल ३६ स्वर्ण
बिहिबार थपेको ७ स्वर्ण सहित नेपालको कुल ३६ स्वर्ण
भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन
भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त (सूचीसहित)
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त (सूचीसहित)
रास्वपा सचिवालय बैठकः आयोग र विभागमा मनोनयन
रास्वपा सचिवालय बैठकः आयोग र विभागमा मनोनयन

तपाईंले छुटाउनुभयो कि?