आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १९, २०७९
|
|
६० पटक हेरिएको
Shares
आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग

सारांश

  • काठमाडौं।
  • सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।
  • आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो ।

काठमाडौं। सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको ३० वर्षे सेवा अवधि आइतबार राति सकिँदै छ ।
नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकलाई अहिले बिहान पौने ९ बजे गृहसचिवबाट दज्र्यानी चिह्न प्रदान गरिँदै छ । सोमबारदेखि नै दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले पदीय जिम्मेवारी वहन गर्नेछन् ।
बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ ।
रोलक्रममा तेस्रो नम्बरमा रहेको र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै पोखरेल र दोस्रो वरीयताका सहकुलबहादुर थापाले अदालतको ढोका ढकढ्याकाउने बताइसकेका छन् ।
तर, प्रहरी नियमावली, २०७१ को नियम ४१ मा एआईजीमध्येबाट सरकारले चाहेको व्यक्तिलाई महानिरीक्षक बनाउन सक्ने उल्लेख छ । नियमावलीको नियम ४१ मा यस्तो व्यवस्था छ, ‘यस नियमावलीको नियम २८ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व वहन गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’
नेपाल प्रहरीको महानिरीक्षकको दौडमा योपटक चार जना थिए– पोखरेल, थापा, सिंह र रवीन्द्र धानुक । यी चारै जना एआईजी १२ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन्।[image: dhiraj-pratap.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोषी पाइए जस्तो सुकै सजाय भोग्न तयार छु : महासचिव पौडेल
दोषी पाइए जस्तो सुकै सजाय भोग्न तयार छु : महासचिव पौडेल
पुस १ गते मंगलबारको राशिफल यस्तो छ
पुस १ गते मंगलबारको राशिफल यस्तो छ
यस्तो छ जनकपुरका मतदाताको गुनासो ,माछालाई चारो हालेझैं भए नेताका आश्वासन
यस्तो छ जनकपुरका मतदाताको गुनासो ,माछालाई चारो हालेझैं भए नेताका आश्वासन
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू
नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू
जुगल इङलिस मिडियम स्कुल कपनले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै
जुगल इङलिस मिडियम स्कुल कपनले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने
प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली
बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली

तपाईंले छुटाउनुभयो कि?