पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ३१, २०७९
|
|
५८ पटक हेरिएको
Shares
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव

सारांश

  • जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा.
  • बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन् ।
  • शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा.

जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन् । शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताए ।

बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र भक्तबहादुर शाह लगायतका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उनले जानकारी दिए ।
कारबाहीमा पर्ने नेताहरुले पार्टीको हित विपरित काम गरेको, पार्टीको सिद्धान्त विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय गरेको उनले आरोप लगाए ।

उनले भने, ‘अर्को पार्टी बन्ने निर्णय भइसकेपछि डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी, भक्त बहादुर शाह लगायत ९ जना प्रमुख भुमिका खेल्नेहरुलाई पार्टीको हित विपरित, पार्टीको एकतालाई तोड्ने प्रयास गरेको र पार्टीको जुन घोषित लक्ष्य छ, उद्देश्य छ, सिद्धान्तका विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय समेत, नयाँ पार्टी स्थापना गर्ने भन्ने निर्णय समेत गरिसकेको अवस्थामा उहाँहरुलाई पार्टीमा सम्हालेका पद र सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ । पदमुक्ति सँगै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’

अध्यक्ष यादवले सरकारले संसदमा पेश गरेको नागरिकता सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकमा पारित गर्नुपर्ने बताए । उनले फाष्ट ट्रयाकमा पारित गर्न गठबन्धनमा समझदारी पनि बनेको स्पष्ट पारे ।

जसपामा विवाद बढेपछि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने केन्द्रीय समितिको छुट्टै बैठक काठमाडौंमा सम्पन्न गरेका थिए । यादव पक्षको यो निर्णय सँगै जसपा औपचारिक विभाजनको नजिक पुगेको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसरी चल्यो झापा ३ मा ‘म्याच फिक्सिङ’को हावा ?
कसरी चल्यो झापा ३ मा ‘म्याच फिक्सिङ’को हावा ?
बेनीबाट मुस्ताङ पुग्ने सडक पहिरोले छियाछिया
बेनीबाट मुस्ताङ पुग्ने सडक पहिरोले छियाछिया
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
पर्वतमा ७ प्रतिशत खेतमा धान राेपाइँ हुन बाँकी !
पर्वतमा ७ प्रतिशत खेतमा धान राेपाइँ हुन बाँकी !
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
सप्तकोशी १ मा एमाले विजयी
सप्तकोशी १ मा एमाले विजयी
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
यी हुन् शारीरिक सम्पर्क बारे १६ राेचक तथ्य !
यी हुन् शारीरिक सम्पर्क बारे १६ राेचक तथ्य !

तपाईंले छुटाउनुभयो कि?