रूखले किच्यो डाक्टर बन्ने सपना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १०, २०७९
|
|
५० पटक हेरिएको
Shares
रूखले किच्यो डाक्टर बन्ने सपना

सारांश

  • काठमाडौं।
  • विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन्।
  • भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे।

काठमाडौं। विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन्। भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे। ‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए। डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो।

तर उनको त्यो लक्ष्य अब कहिल्यै पूरा नहुने भएको छ। आइतबार एक्कासि रूख ढलेर गाडीमा बज्रिँदा उनको मृत्यु भयो। विशेषका बाजे पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार विशेष १२ कक्षा उत्तीर्ण भएपछि एमबिबिएस पढ्ने तयारीमा थिए। ‘डाक्टर बनेर आफ्नो परिवारलाई मात्रै होइन, देशका दिनदुःखीको उपचार गरेर खुसी बनाउँछु भन्थे तर सबैलाई रुवाएर गए,’ खर्बुजाले भने।

काठमाडौंबाट भक्तपुर आउने क्रममा भक्तपुरको सल्लाघारीमा गुडिरहेको बारख ३५८४ नम्बरको मिनीबसमाथि अचानक रूख ढलेर बज्रिँदा उनको निधन भएको हो। त्यही नै आइपुगेको बा६१प ३९७८ नम्बरको स्कुटरमाथि पनि सोही रूख बजियो। रूख ढल्दा दुवै सवारीसाधनमा सवार गरी तीनजनाको मृत्यु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४८८ इन्स्पेक्टरको सरुवा, को कहाँ
४८८ इन्स्पेक्टरको सरुवा, को कहाँ
विद्युतीय बस सञ्चालनबारे आशयपत्र माग
विद्युतीय बस सञ्चालनबारे आशयपत्र माग
प्रि–क्वार्टर : स्पेन Vs रसिया, पोर्चुगल Vs उरुग्वे, कसले मार्ला बाजी ?
प्रि–क्वार्टर : स्पेन Vs रसिया, पोर्चुगल Vs उरुग्वे, कसले मार्ला बाजी ?
थप १० सहरलाई ‘स्मार्ट सिटी’ बनाइने, मधेसमा पाँच सहर थप्ने लक्ष्य
थप १० सहरलाई ‘स्मार्ट सिटी’ बनाइने, मधेसमा पाँच सहर थप्ने लक्ष्य
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !
२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !
अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्वीर सार्बजनिक, यसरी हुँदैछ प्राण प्रतिष्ठा
अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्वीर सार्बजनिक, यसरी हुँदैछ प्राण प्रतिष्ठा
पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै
पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै
उपभोक्ता ठग्नेलाई तीन लाख जरिवानामा !
उपभोक्ता ठग्नेलाई तीन लाख जरिवानामा !
को को बने माओवादी केन्द्रमा पाँचवटा प्रदेशका नयाँ इञ्चार्ज ?
को को बने माओवादी केन्द्रमा पाँचवटा प्रदेशका नयाँ इञ्चार्ज ?

तपाईंले छुटाउनुभयो कि?