वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ११, २०७९
|
|
५८ पटक हेरिएको
Shares
वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट

सारांश

  • डोटीमा केही दिन यतादेखि भइरहेको लगातारको वर्षातले यहाँका ग्रामीण क्षेत्रका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
  • सडक अवरुद्ध भएपछि यहाँका गाउँघरमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ ।
  • वर्षातले ठाउँठाउँमा पहिरो तथा सडक हिलाम्मे भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका हुन् ।

डोटीमा केही दिन यतादेखि भइरहेको लगातारको वर्षातले यहाँका ग्रामीण क्षेत्रका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि यहाँका गाउँघरमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ । वर्षातले ठाउँठाउँमा पहिरो तथा सडक हिलाम्मे भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका हुन् । वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैरा–धुर्कोट सडकमा यातायात अवरुद्ध छन् । सडक अवरुद्ध भएर सवारी साधन चल्न समस्या भएपछि यहाँका गाउँघरका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि समस्या हुँदै आएको नारिदाङका स्थानीयवासी लक्ष्मणबहादुर माझीले बताए । उनले भने, “वर्षाले गाउँका सडक बन्द भए हामीलाई दैनिक उपभोग्य वस्तु खरिदका लागि पनि समस्या भएको छ, सामान्य नुन र तेल किन्न पनि हिँडेर दिपायल पुग्नुपर्ने बाध्यता छ ।”

वर्षाका कारण अवरुद्ध भएका सडक सञ्चालनका लागि पहल भए पनि वर्षा नरोकिएका कारण खुलाउन नसकिएको सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले जनाएको छ । गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको बोगटान फुड्सिल गाउँपालिका–५ का किसान देवबहादुर बोहराले बताए । उनले भने, “गाउँमा साग तरकारी तथा फलफूल प्रशस्त मात्रामा फलेका छन्, बिक्री गर्न बजार लैजान सक्ने अवस्था नभएर सबै बारीमै कुहिन थाले, किसानलाई समस्या भयो ।”

लामो समयदेखिको वर्षातले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई झनै सास्ती हुँदै आएको छ । यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको उग्रतारा यातायात प्रालि दिपायल शाखाका प्रमुख कृष्णराज भट्टले बताए । उनले भने, “वर्षातले सडक अवरुद्ध भए, गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सकिएको छैन, गाउँमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ ।” यतिमात्र नभई लगातारको वर्षाका कारण यहाँका नदी तथा खोलामा बाढी आएका कारण जोखिम निम्तिन सक्ने भन्दै स्थानीयवासीहरुमा त्रास उत्पन्न भएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी मोहनबहादुर पातलीले बताए ।

(https://brownshvac.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल
कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल
शशांक उम्किँदा पौडेल समूहमा भूकम्प
शशांक उम्किँदा पौडेल समूहमा भूकम्प
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने
नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार, ४० प्रतिशत उपत्यकामै खपत
नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार, ४० प्रतिशत उपत्यकामै खपत
काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ  प्रधानमन्त्री देउवा
काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ प्रधानमन्त्री देउवा
प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने
प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास
अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास
हजुरबा-हजुरआमालाई रमाइलो बनाउन मनोरन्जन सेवा केन्द्र
हजुरबा-हजुरआमालाई रमाइलो बनाउन मनोरन्जन सेवा केन्द्र
प्रचण्डको खुलासा: प्रधानमन्त्री वा अध्यक्षमध्ये एक माओवादीलाई
प्रचण्डको खुलासा: प्रधानमन्त्री वा अध्यक्षमध्ये एक माओवादीलाई

तपाईंले छुटाउनुभयो कि?