सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २४, २०७९
|
|
५४ पटक हेरिएको
Shares
सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्

सारांश

  • काठमाडौँ  ।
  • न्यायिक हिरासतमा क्रिकेटर सन्दिप लामिछाने म्याद थपका लागि अदालत उपस्थित भएका छन ।
  • सोमबार अदालत उपस्थित भएका सन्दिपले आफूविरुद्ध उजुरी दिने युवती नाबालिग नरहेको जानकारी गराएका छन् ।

काठमाडौँ  । न्यायिक हिरासतमा क्रिकेटर सन्दिप लामिछाने म्याद थपका लागि अदालत उपस्थित भएका छन । सोमबार अदालत उपस्थित भएका सन्दिपले आफूविरुद्ध उजुरी दिने युवती नाबालिग नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी न्यायाधीशसमक्ष राखेका हुन ।

न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए । अधिवक्ता घिमिरेका अनुसार सन्दीपले न्यायाधीशसमक्ष सन्दीपले आफूसँग जाहेरवालीले १९ वर्षको बताएकी जानकारी गराए । सन्दीपविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो । यसको एक महिनापछि २० असोजमा पक्राउ परेका हुन् ।

सोमबार हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो । अदालतमा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपका अर्का कानुन व्यवसायी सुधा रिजालले जाहेरीवालाको दुई वटा जन्म दर्ता भेटिएको दाबी गरेकी छन् । उनका अनुसार जाहेरीवाला नाबालिग होइनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?