एक महिने ‘श्री स्वस्थानी ब्रत’ आज समापन गरिंदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २२, २०७९
|
|
५८ पटक हेरिएको
Shares
एक महिने ‘श्री स्वस्थानी ब्रत’ आज समापन गरिंदै

सारांश

  • काठमाडौं।
  • पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिँदैछ।
  • आज माघ शुक्ल पूर्णिमा।

काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिँदैछ। आज माघ शुक्ल पूर्णिमा। आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो।

विशेष गरी हिन्दू महिलाहरूले एक महिनासम्म मनाउने श्री स्वस्थानी व्रत कथा आजबाट समाप्त हुँदैछ। श्री स्वस्थानी व्रतकथामा विशेष गरी श्री स्वस्थानी देवीको पूजा र आराधना गरिन्छ । शिवजी तथा अन्य देवदेवीको पनि आराधना गरिन्छ।

विशेष गरी काठमाण्डुको साँखुको शाली नदीमा व्रतालुहरूको आज विशेष भीड हुन्छ। यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्धालु भक्तजनहरूको भीड हुन्छ।

हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् । रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्‌को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्छन्।

धार्मिक रूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधान अनुसार व्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ।

भोलिपल्ट बिहानै विधि अनुसार नै फूलपातीहरू नदीमा बहाइन्छ। यसरी स्वस्थानी व्रतकथा नेपाली जनजीवनसँग नजिकबाट गाँसिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको पाइन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसले कायापलट गरेर देखाउँछ – नेता डा शेखर कोइराला
काँग्रेसले कायापलट गरेर देखाउँछ – नेता डा शेखर कोइराला
आयआर्जन गर्न एकल महिलालाई तालीम
आयआर्जन गर्न एकल महिलालाई तालीम
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
सार्वजनिकस्थलमा पर्यटकलाई खानेपानी
सार्वजनिकस्थलमा पर्यटकलाई खानेपानी
नेकपा निकट कर्मचारीलार्इ छानी-छानी बर्खास्त !
नेकपा निकट कर्मचारीलार्इ छानी-छानी बर्खास्त !
शरद कुमार गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ
शरद कुमार गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
पुनः विवादमा शाहिदको फिल्म, कथा चोरीको आरोप
पुनः विवादमा शाहिदको फिल्म, कथा चोरीको आरोप
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
पुनम पाण्डेलाइ यसरी निकालेको रहेछ प्रहरीले डेजाभु क्लब बाट !
पुनम पाण्डेलाइ यसरी निकालेको रहेछ प्रहरीले डेजाभु क्लब बाट !

तपाईंले छुटाउनुभयो कि?