एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ९, २०७९
|
|
५३ पटक हेरिएको
Shares
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

सारांश

  • काठमाडौँ ।
  • उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
  • एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।

काठमाडौँ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपे रहेका छन् ।

समूह ’ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । त्यतिबेला नेपाल आफ्नो समूहको विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइल्यान्डलाई पराजित गरेको थियो ।

दोस्रो चरणको छनोट आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्चमा हुनेछ । यू–२० महिला एसियन कपमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
देउवासँग नमिलेको स्पष्टीकरण दिँदै पौडेल समूहले बोलायो भेला
देउवासँग नमिलेको स्पष्टीकरण दिँदै पौडेल समूहले बोलायो भेला
सिरियामा आत्मघाती हमलामा परी १५० काे मृत्यु
सिरियामा आत्मघाती हमलामा परी १५० काे मृत्यु
महोत्तरीमा २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा
महोत्तरीमा २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए
बेलायती राजकुमारीको बिहे इटालियन व्यवसायीसँग हुने
बेलायती राजकुमारीको बिहे इटालियन व्यवसायीसँग हुने
फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी
फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी
रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा
रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी

तपाईंले छुटाउनुभयो कि?