‘नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ होस्’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १, २०८०
|
|
५२ पटक हेरिएको
Shares
‘नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ होस्’

सारांश

  • गण्डकी ।
  • गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
  • नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उहाँले राष्ट्रिय एकता, दिगो शान्ति र सामाजिक सद्भावसहितको आर्थिक समृद्धिमा जोड दिए ।

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उहाँले राष्ट्रिय एकता, दिगो शान्ति र सामाजिक सद्भावसहितको आर्थिक समृद्धिमा जोड दिए ।,

प्रदेश प्रमुख गुरुङले २०७९ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण वर्षका रूपमा लिन सकिने उल्लेख गरे । “यसै वर्ष सङ्घीय संरचनाअन्तर्गत सबै तहका निर्वाचन सम्पन्न भएका छन्, आम जनताले विश्वास र भरोसा गरेर तीनै तहका लागि प्रतिनिधि छानेर पठाएका छन”, उनले भने, “देशमा रहेका अथाह प्राकृतिक सम्पदा एवं मानवीय संशाधनको समुचित र दिगो प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध तथा समुन्नत बनाउने दायित्वसमेत हाम्रो काँधमा रहेको छ ।”

सुन्दर, समुन्नत र व्यवस्थित गण्डकी प्रदेशको निर्माण सबै पक्षको सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले दलगत स्वार्थबाट माथि उठी समुन्नतिका लागि साझा धारणा बनाई अगाडि बढ्नुपर्ने धारणा राखे ।
सोही समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायतले नयाँ वर्ष २०८० का उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना सन्देश दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयातमा ‘खर्चिला’ झन्झट
आयातमा ‘खर्चिला’ झन्झट
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
आज एक बजे राष्ट्रिय सभा अध्यक्षको मनोनयन, एमालेले ११ बजे उम्मेदवार टुंगो लगाउने
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
‘एक क्षेत्र  एक मार्ग’ को अवधारणाबारे छलफल
‘एक क्षेत्र एक मार्ग’ को अवधारणाबारे छलफल
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !
२४ घण्टामा १२१ जना कोरोना सङ्क्रमित थप, एकको निधन
२४ घण्टामा १२१ जना कोरोना सङ्क्रमित थप, एकको निधन
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !

तपाईंले छुटाउनुभयो कि?