एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ७, २०८०
|
|
४२ पटक हेरिएको
Shares
एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित

सारांश

  • काठमाडौँ ।
  • एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।
  • मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो ।

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । यसजितसँगै दुई खेल खेलेको मलेसियालले दुई अङ्क जोडेको छ ।

साउदी अरेबियाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । आजको खेलमा साउदी अरेबियाले प्रस्तुत गरेको १५४ रनको लक्ष्य मलेसियाले २१ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो ।

मलेसियाका मोहम्मद अमिर र वीरनदीप सिंहले अर्धशतकीय पारी खेले । अमिरले ४४ बलमा १२ चौकाको मद्दतमा सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै वीरनदीप सिंहले ५३ बलमा ८ चौकाको मद्दतमा ५१ बनाए । मलेसियाका अर्का खेलाडी सैयद अजिजले अविजित ३४ रन जोडे । साउदी अरेबियाको लागि जइन उल अबिदीनले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योफगल बनाएको थियो । साउदीका लागि हसिब घफोरले सर्वाधिक ४० रनको योगदान दिए भने अब्दुल वाहिदले ३६ रन बनाए । त्यसैगरी कप्तान हिसम शेखले २७ तथा अतिफ उर रहमानले अविजित १८ रन बनाए ।

बलिङर्फ मलेसियाका खिजर हायातले तीन विकेट लिए भने मोहम्मद वाफिक, रिजवान हैदर र अनवर रहमानले समान दुई/दुई विकेट लिए । त्यस्तै वीरनदीप सिंहले एक विकेट झारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीमा हलचल, गजुरेलले दिए राजीनामा
माओवादीमा हलचल, गजुरेलले दिए राजीनामा
सुदुरपश्चिमका कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना, मन्त्रीसहित चार जना घाइते
सुदुरपश्चिमका कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना, मन्त्रीसहित चार जना घाइते
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
बढ्दैछ शल्यक्रिया–बाध्यता कि रहर
बढ्दैछ शल्यक्रिया–बाध्यता कि रहर
६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा
६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो
इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो
जोड जोडले गफ गरेपछि गोली हानेर पाँच जनाको हत्या
जोड जोडले गफ गरेपछि गोली हानेर पाँच जनाको हत्या
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नवराज सिलवालविरुद्व मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी
नवराज सिलवालविरुद्व मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी

तपाईंले छुटाउनुभयो कि?