हावाहुरीले हवाई उडान प्रभावित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
५९ पटक हेरिएको
Shares
हावाहुरीले हवाई उडान प्रभावित

सारांश

  • काठमाडौँ ।
  • हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ ।
  • अपराह्नदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

काठमाडौँ । हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ ।

अपराह्नदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार एक घण्टादेखि निरन्तर चलिरहेको हावाहुरीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् ।

भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज एक घण्टा बढी होल्डमा परेको हो ।“वेगले चलेको हुरीले विमानस्थलबाट हुने सम्पूर्ण उडान प्रभावित भएको छ । बीचमा हुरी कम भएकाले आन्तरिक उडानका जहाज अवतरण गरिए पनि पुनः हुरी चलिरहेकाले आन्तरिक उडान स्थगित गरिएको छ । अन्तर्राष्ट्रियका दुई जहाज होल्डमा छन्”, महाप्रबन्धक तिवारीले भने।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय स्थानमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन, युक्रेनमा चार जना बन्दी
रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन, युक्रेनमा चार जना बन्दी
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने
‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने
Samantha Bee addresses Ivanka slur at TV Academy Honors
Samantha Bee addresses Ivanka slur at TV Academy Honors
टि–२० विश्वकप एसिया फाइनलको लागि २५ सदस्यीय टोली घोषणा
टि–२० विश्वकप एसिया फाइनलको लागि २५ सदस्यीय टोली घोषणा
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
पुस २६ गते आइतवारको राशिफल यस्तो छ
पुस २६ गते आइतवारको राशिफल यस्तो छ
आजको विश्वकप फुटबलमा जर्मनी, ब्राजिल लगायत यी ८ देश भिड्दै
आजको विश्वकप फुटबलमा जर्मनी, ब्राजिल लगायत यी ८ देश भिड्दै
दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालियो
दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालियो

तपाईंले छुटाउनुभयो कि?