बीमा कम्पनीको चुक्ता पुँजी पु-याउने समय असार मसान्तसम्म

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १३, २०८०
|
|
६१ पटक हेरिएको
Shares
बीमा कम्पनीको चुक्ता पुँजी पु-याउने समय असार मसान्तसम्म

सारांश

  • काठमाडौँ ।
  • बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ ।
  • नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पु-याएको हो ।

काठमाडौँ । बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पु-याएको हो ।

यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो ।

“विसं २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पुँजी २०८० असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ”, संशोधित निर्देशिकामा भनिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनीका लागि रू पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि रू दुई अर्ब ५० करोड चुक्ता पुँजी कायम गरेको छ ।

हाल सञ्चालनमा रहेका १७ जीवन बीमा कम्पनीमध्ये एउटा र १६ निर्जीवन बीमा कम्पनीमध्ये तीनले मात्रै चुक्ता पुँजी पु-याएको प्राधिकरणले जनाएको छ । यसरी तोकिएको समयमा अधिकांश बीमा कम्पनीको चुक्ता पुँजी नपुगेपछि निर्देशिका संशोधन गरेर तीन महिना समय थप गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सय साठी गोही नदीमा छोडियो
एक सय साठी गोही नदीमा छोडियो
फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग
फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग
मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?
मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?
टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा
टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल
ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, मोदीसँग चैत २४ मा भेट हुने
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, मोदीसँग चैत २४ मा भेट हुने
लालपुर्जा पाएपछि मोहीयानीका आँखामा खुसीको आँशु
लालपुर्जा पाएपछि मोहीयानीका आँखामा खुसीको आँशु
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह

तपाईंले छुटाउनुभयो कि?