टिफा बैठक : अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ५, २०८०
|
|
५८ पटक हेरिएको
Shares
टिफा बैठक : अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड

सारांश

  • काठमाडाैं ।
  • नेपाल–संयुक्तराज्य अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तर्गतको व्यापारिक र लगानी काउन्सिलको छैटौँ बैठक काठमाडौंमा बसेको छ ।
  • बैठकमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानीलाई प्रवद्र्धन गर्ने विषय महत्वका साथ उठाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।

काठमाडाैं । नेपाल–संयुक्तराज्य अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तर्गतको व्यापारिक र लगानी काउन्सिलको छैटौँ बैठक काठमाडौंमा बसेको छ ।

बैठकमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानीलाई प्रवद्र्धन गर्ने विषय महत्वका साथ उठाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।

‘धेरैभन्दा अमेरिकी लगानी भित्र्याउने र नेपालमा उत्पादित वस्तु अमेरिकी बजारमा सहजरुपमा पठाउनका लागि वातावरण बनाउने विषय बैठकका मुख्य एजेन्डा हुन्”, सचिव मरासिनीले भने, ‘हाम्रा सम्भावना र समस्या के छन् भनेर प्रत्यक्षरुपमा छलफल भएको छ । हामीले बढीभन्दा बढी सीप र प्रविधि हस्तान्तरण होस् भन्ने चाहेका छौँ ।’

नेपालले उदार अर्थतन्त्र अँगालेको, लगानीको वातावरण बन्दै गएको र अहिले वैदेशिक लगानीको खाँचोसमेत रहेकाले नेपालमा लगानी गर्न अमेरिकी पक्षलाई बैठकमार्फत आग्रह गरेको मरासिनीले बताए । नेपालमा सूचना प्रविधि, जलविद्युत्, सेवालगायतका क्षेत्रमा लगानी गरेर द्विपक्षीय लाभ लिन अमेरिकालाई आग्रह गरेको उनको भनाइ छ ।

‘कुन–कुन क्षेत्रमा लगानीको सम्भावना छ भनेर जानकारी गराएका छौँ । निकासीका वस्तु के हुन सक्छन् ? र तिनमा नेपालले अमेरिकाबाट कस्तो सुविधा चाहन्छ भन्नेकुरा बैठकमार्फत राखिएको छ । लगानी र व्यापारमा सहजताका लागि के–कस्ता नीतिगत सुधार आवश्यक छन् भन्ने विषयमा पनि छलफल भएको छ’, उनले भने । द्विपक्षीय सहयोगका नयाँ आयाम पहिचान गर्नका लागि यो बैठक महत्वपूर्ण रहेको सचिव मरासिनीको भनाइ छ ।

नेपाल सन् २०२६ पछि अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा गुमाउने व्यापारसम्बन्धी ‘ड्युटी फ्री’ र ‘कोटा फ्री’जस्ता सुविधाको निरन्तरताका लागि पनि बैठकमा छलफल भएको जनाइएको छ । त्यस्तै दुई देशको व्यापार, लगानी, बजार पहुँच, रोजगारी, बौद्धिक सम्पत्ति, विद्युतीय कारोबार, व्यापार सहुलियतलगायतका विषयमा बैठक केन्द्रित भएको जनाइएको छ ।

नेपाल र अमेरिकाबीचको सम्बन्धलाई वैदेशिक सहायताका पक्षबाट लगानी र व्यापारिक साझेदारीमा रुपान्तरण गर्नका लागि सन् २०११ मा टिफा सम्झौता भएको थियो । कोभिड महामारीका कारण टीफा काउन्सिलको बैठक सन् २०२० मा भर्चुअल माध्यामबाट भएको थियो । अहिलेको बैठकमा अमेरिकाबाट १८ जनाको डेलिगेसन टोली आएको जनाइएको छ ।

(https://jeepadvices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा सक्रिय अन्तर्राष्ट्रिय चोरी गिरोह पक्राउ, चार विदेशीसहित ९ जना नियन्त्रणमा
पोखरामा सक्रिय अन्तर्राष्ट्रिय चोरी गिरोह पक्राउ, चार विदेशीसहित ९ जना नियन्त्रणमा
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ song ‘Pehli Baar’ is all about love, watch
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ song ‘Pehli Baar’ is all about love, watch
यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !
यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज
नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज
राष्ट्रिय एकता अझै मजबुत होस्ः प्रधानमन्त्री ओली
राष्ट्रिय एकता अझै मजबुत होस्ः प्रधानमन्त्री ओली
दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिदै
दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिदै
भारत र चीन जानुअघि सञ्चारकर्मीहरुसँग के भने प्रचण्डले ?
भारत र चीन जानुअघि सञ्चारकर्मीहरुसँग के भने प्रचण्डले ?
यथास्थितिमा नयाँ गाडी थप्दैन , नवनिर्वाचित अध्यक्ष रोक्का`
यथास्थितिमा नयाँ गाडी थप्दैन , नवनिर्वाचित अध्यक्ष रोक्का`

तपाईंले छुटाउनुभयो कि?