‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १०, २०८०
|
|
६२ पटक हेरिएको
Shares
‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’

सारांश

  • काठमाडाैं ।
  • सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनीहरुले सरकारले सबै क्षेत्रलाई समेटर जनतामुखी कार्यक्रम ल्याएको हुँदा यसलाई प्रभावकारी कार्यान्वयन लैजानुपर्छ भने ।

काठमाडाैं । सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनीहरुले सरकारले सबै क्षेत्रलाई समेटर जनतामुखी कार्यक्रम ल्याएको हुँदा यसलाई प्रभावकारी कार्यान्वयन लैजानुपर्छ भने ।

छलफलमा भाग लिँदै सांसद सूर्यमान दोङले नीति तथा कार्यक्रममार्फत सरकारले जनमुखी र यथार्थपरक कार्यक्रम ल्याएको हुँदा यसलाई राष्ट्रिय सहमतिका साथ पारित गरेर कार्यान्वयनमा लैजानुपर्छ भने । सांसद शङ्कर भण्डारीले मुलुक अफ्ठ्याराे अवस्थामा रहेकाले पुनः एक पटक राष्ट्रिय सहमति, सहकार्य र सद्भावका साथ अघि बढ्नुपर्ने खाँचो औंँल्याए ।

सांसद मङ्गलप्रसाद गुप्ताले कृषि उत्पादन प्रवद्र्धन र किसानलाई प्रोत्साहित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद हितबहादुर तामाङले अहिलेको नीति तथा कार्यक्रम सबैले गौरब गर्न लायक रहेको जनाउँदै समर्थन जनाए । सांसद ईश्वरीदेवी न्यौपाने जनताको आवश्यकतालाई प्राथमिकता दिएर देशको आर्थिक समृद्धिलाई अघि बढाउनेगरी नीति तथा कार्यक्रम आएको जनाउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

सांसद सुनिता बरालले जटिल रुपमा रहेको अर्थतन्त्रलाई सुधार गरी हालको आवश्यकतालाई ध्यान दिएर नीति तथा कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिइन् । सांसद लेखनाथ दाहालले नीति तथा कार्यक्रम शरल व्यवहारिक र वस्तुवादी रहेको जनाउँदै अहिले उठाइएको विषयलाई आगामी बजेटमा समावेश हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोङ्गबु घटनाको छानबिन गर्नुस्, लुटपाटमा संलग्नलाई कारबाही गर्नुस् : प्रधानमन्त्री दाहाल
गोङ्गबु घटनाको छानबिन गर्नुस्, लुटपाटमा संलग्नलाई कारबाही गर्नुस् : प्रधानमन्त्री दाहाल
सरकारले रोक्यो मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण
सरकारले रोक्यो मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण
सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन…
सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन…
स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा
दीपक मनाङेले सपथ लिन नपाउने
दीपक मनाङेले सपथ लिन नपाउने
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी
दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत
प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)

तपाईंले छुटाउनुभयो कि?