नागरिकता विधेयकप्रति एमालेको आलोचना

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १७, २०८०
|
|
५६ पटक हेरिएको
Shares
नागरिकता विधेयकप्रति एमालेको आलोचना

सारांश

  • काठमाडौँ ।
  • प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ ।
  • एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिए ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिए । उनले भने, ‘कानुन आवश्यकता थियो, निष्कर्षमा पु¥याउन ढिलाई भएकै हो, जारी गर्ने विधि र प्रक्रिया भने मिलेन ।’

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रमाणीकरण गरेका हुन् । ‘राष्ट्रपति कार्यालयमा निष्क्रियरुपमा थन्किएको विधेयक मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ सक्रिय हुन्छ ?’ प्रश्न गर्दै उपनेता नेम्वाङले भने, ‘विधेयकमा समेटिएर आएका कतिपय विषयप्रति पार्टी गम्भीर छ ।’

गत २०७९ साउन १५ गते प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसद्को दुवै सदनबाट पारित भएको थियो । विधेयकलाई अलि समय लिएर विचार पु¥याएर टुङगोमा पु¥याउन पर्ने मत रहेको बताउँदै उनले भने, ‘यो गर्नुपर्ने काम थियो, तर संविधान, कानुन र संसदीय मूल्य मान्यताले नचिनेको बाटोबाट आयो ।’

उनले संविधानले जुन सदनमा त्यो उत्पत्ति भएको हो त्यही सदनको प्रमुखले प्रमाणित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गर्नुपर्छ भनिएकामा त्यो प्रक्रियालाई बेवास्ता गरिएको आरोप पनि लगाए । पार्टीकै पहलमा गैर नेपाली आवासीयलाई नागरिकता प्रदान गर्ने निर्णय गरेको स्मरण गराउँदै पूर्वसभामुख नेम्वाङले त्यसलाई समेत समेटेर विधेयक समयमै बन्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
बाबुराम भट्टराई जो ‘फुल टाइमर’ प्रधानमन्त्री !
बाबुराम भट्टराई जो ‘फुल टाइमर’ प्रधानमन्त्री !
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट पक्राउ
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट पक्राउ
हत्याको विरोधमा बन्द
हत्याको विरोधमा बन्द
आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा
आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा
आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल
आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
कञ्चनपुर पनि औलोको जोखिममा
कञ्चनपुर पनि औलोको जोखिममा

तपाईंले छुटाउनुभयो कि?