साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३, २०८०
|
|
४० पटक हेरिएको
Shares
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि

सारांश

  • भादगाउँ ।
  • भक्तपुर नगरपालिका–१ की राधा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो, रातो, पहेँलो चुरा र घाँटीमा रातो, पहेँलो, हरियो मिश्रित पोते लगाएकी छिन् ।
  • दुवै हत्केलामा मेहेन्दी लगाएकी र रातो, पहेँलो सारीमा सजिएकी उनकी साथी सीताको पनि दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोतेका साथै हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ ।

भादगाउँ । भक्तपुर नगरपालिका–१ की राधा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो, रातो, पहेँलो चुरा र घाँटीमा रातो, पहेँलो, हरियो मिश्रित पोते लगाएकी छिन् । दुवै हत्केलामा मेहेन्दी लगाएकी र रातो, पहेँलो सारीमा सजिएकी उनकी साथी सीताको पनि दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोतेका साथै हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ ।

साउन महिनामा विवाहित नारीले हरियो, पहेँलो र रातो रङ्गका पहिरन, पोते, चुरा र हातमा मेहेन्दी लगाई सोमबार शिवजीको आराधना गरी व्रत बसे श्रीमान्को आयु लामो हुनाका साथै आफू पनि सौभाग्यवती होइन्छ भन्ने विश्वासले यस्तो चलन बढ्दै आएको छ ।

खस आर्य समुदायका महिलाबाट सुरु भएको यो चलन अहिले स्थानीय नेवार समुदायका महिलामा समेत फैलिएको छ । यससँगै शृङ्गार सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि निकै बढेको छ । हिन्दू परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिका दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने रातो, हरियो, पहेँलो चुरा र मेहेन्दी लगाउने प्रलचन भने बढेको छ ।

साथीसँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले रङ्गीन चुरापोते र मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका हाकुलाल मानन्धरले बताए । अन्य महिनाभन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेब्बर बढ्ने गरेको उनको भनाइ थियो । “अहिले त झन् फेन्सी डिजाइनको रङ्गीन चुरा र पोते आएको छ, राख्न नपाउँदै बिक्री भइहाल्छ,” मानन्धरले भने ।

सबै देवीदेवतालाई मनपर्ने भएकाले साउन महिनाभर महिलाहरु रङ्गीन शृङ्गार गरेर बस्ने कस्मेटिक पसलकी कृषा श्रेष्ठले बताइ्रन् । “साउन महिना प्राकृतिक रुपमा हरियो महिना हो । जता गए नि हरियाली नै हरियाली देखिन्छ । यो बेला आफूहरू प्रकृतिसँग जोडिएको हिस्साका रुपमा हरियो चुरासँगै रङ्गीन शृङ्गार पटार गर्ने परम्परा बसालिएको हो,” उनले भनिन्, “साउन महिना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिनाका साथै हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक पनि मानिन्छ ।” साउनको सोमबार व्रत बस्ने गरिएकाले पनि रङ्गीन पहिरनसँगै बजारमा हरियो चुरा, मेहेन्दी र पोतेको व्यापार बढेको श्रेष्ठले बताइन् ।

पछिल्लो समय साउन महिनामा विवाहित होस् या अविवाहित महिलामध्ये शृङ्गार पटार गरी हातमा हरियो चुरा हत्केलामा र खुट्टामा मेहेन्दीले सजिएर हिँड्नेहरुको कमी छैन ।

स्थानीय शृङ्गार कस्मेटिक पसलकी कृषाले साउन महिनामा अरू महिनाभन्दा दोब्बर तेब्बरै नै व्यापार हुने बताइन् । “यो महिना महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याइँ गर्दैन जति भन्यो त्यति नै तिरेर सामान लान्छन् । अझ फेन्सी प्रकारको नयाँ के समान आएको छ, त्यसको माग गर्छन्,” उनले भनिन् ।

दैनिक रु १५ हजारदेखि २० हजारसम्मको शृङ्गारका सामग्री बेच्ने कस्मेटिक पसलले साउनमा मेहेन्दी, पोते र चुरामात्र रु दैनिक ३५ हजारदेखि रु ७० हजारसम्म व्यापार हुने बताए । पछिल्लो समय साउनमा हरियो चुरा र मेहेन्दी लगाउने एउटा परम्परा जस्तै बनिसकेकाले हिन्दू महिला मात्र होइन अन्य जातजाति, समूहका महिलासमेत यस परम्परामा जोडिएका छन् । हिन्दू धर्मावलम्बीले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्ने परम्परा भएकाले साउनलाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइने संस्कृतिकर्मीहरुको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
प्रधानमन्त्री भारतमा, रक्षा राज्यमन्त्रीले गरे स्वागत
प्रधानमन्त्री भारतमा, रक्षा राज्यमन्त्रीले गरे स्वागत
चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू
चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू
“топ 10 Лучших Онлайн Казино России только Украины На подлинные Деньги
छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सकियो
छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सकियो
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आज उदयपुर जिल्ला अदालतमा उपस्थित गराईयो
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आज उदयपुर जिल्ला अदालतमा उपस्थित गराईयो
आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो
पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो
सभापति देउवाद्वारा कायस्थको निधनप्रति दुःख व्यक्त
सभापति देउवाद्वारा कायस्थको निधनप्रति दुःख व्यक्त

तपाईंले छुटाउनुभयो कि?