टेबलटेनिसमा नेपाललाई कास्य पदक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
३७ पटक हेरिएको
Shares
टेबलटेनिसमा नेपाललाई कास्य पदक

सारांश

  • १३औँ दक्षिण एशियाली खेलकूद (साग)को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जित्नुभएको छ ।
  • लैनचौरस्थित टेबलटेनिस हलमा आज भएको सेमिफाइनल खेलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्य पदकमा चित्त बुझाउनुभएको हो ।
  • सो विधामा नेपाले ऐतिहासिक पदक जितेको हो ।

१३औँ दक्षिण एशियाली खेलकूद (साग)को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जित्नुभएको छ ।

लैनचौरस्थित टेबलटेनिस हलमा आज भएको सेमिफाइनल खेलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्य पदकमा चित्त बुझाउनुभएको हो । सो विधामा नेपाले ऐतिहासिक पदक जितेको हो । सागमा पुरुष एकल विधामा दुई खेलाडीले पदक जितेको यो पहिलो पटक हो ।

सेमिफाइनलमा स्यान्टु भारतका अमलराज एन्थोनिसँग ४–० ले पराजित हुनुभयो । स्यान्टुलाई भारतका अमलराजले ११–४, १२–१०, ११–८ र ११–२ ले पराजित गर्नुभयो । अर्को सेमिफाइनल खेलमा बज्राचार्य भारतका हर्मित देशाईसँग समान ४–० ले नै पराजित हुनुभयो । उहाँ हर्मितसँग ११–५, ११–४, ११–१ र ११–४ ले पराजित हुनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?