खप्तड शैलेश्वरी गोल्डकप दोस्रो संस्करण सुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ७, २०८०
|
|
५६ पटक हेरिएको
Shares
खप्तड शैलेश्वरी गोल्डकप दोस्रो संस्करण सुरु

सारांश

  • डोटी ।
  • डोटीमा खप्तड–शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिता, २०८० दोस्रो संस्करण शनिबारदेखि सिलगढीमा सुरु भएको छ ।
  • डोटी उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा जिल्लास्तरीय खप्तड शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

डोटी । डोटीमा खप्तड–शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिता, २०८० दोस्रो संस्करण शनिबारदेखि सिलगढीमा सुरु भएको छ ।

डोटी उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा जिल्लास्तरीय खप्तड शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पुर्याउने र खेलाडीको मनोबल बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले बताए ।

उद्घाटन खेल भैरवप्रसाद गण (ए) र पूर्वीचौकी गाउँपालिकाबीच भएको थियो । उक्त खेलमा भैरवप्रसाद गण पूर्वीचौकी गाउँपालिकासँग ८–१ गोल अन्तरले विजयी भएको गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए ।

खेलको पहिलो हाममा दुई गोल गरेको गणले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । पहिलो हाफमा गोल गर्न नसकेको पूर्वीचौकीले दोस्रो हाफमा एक गोल मात्रै गर्न सक्यो । भैरवप्रसाद गणका अनीश लामा खेलको ‘म्यान अफ द म्याच’ बनेका छन् ।

शनिबारदेखि सुरु भएको उक्त प्रतियोगिताअन्तर्गत फुटबलमा डोटी जिल्लाभित्रका आठ समूह सहभागी छन् ।

त्यस्तै, पोल ‘बि’अन्तर्गत सिवाइएस सिलगढी, ब्ल्याक स्टोन ब्वाइज, भैरवप्रसाद गण (बि) र सेती प्राविधिक शिक्षालयबीच खेल हुने आयोजकले जनाएको छ । नकआउट प्रणालीद्वारा खेलाइने प्रतियोगिता साउन १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Neha Kakkar’s alleged boyfriend Himansh Kohli blasts trolls for slamming her!
Neha Kakkar’s alleged boyfriend Himansh Kohli blasts trolls for slamming her!
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
संसदको कार्यसूचीबाट किन हट्यो संविधान संशोधन विधेयक ?
संसदको कार्यसूचीबाट किन हट्यो संविधान संशोधन विधेयक ?
अग्रता बढाउँदै बालेन, पछ्याउँदै स्थापित
अग्रता बढाउँदै बालेन, पछ्याउँदै स्थापित
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग :  एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग : एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
Guide to Online Dating Sites — What You Should Understand Before Signing Up
त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने
त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने
पत्रकारितालाई प्रविधिमैत्री बनाउन मधेस प्रदेश सरकारको पहल: आठै जिल्लाका पत्रकार महासङ्घलाई सञ्चार सामग्री हस्तान्तरण
पत्रकारितालाई प्रविधिमैत्री बनाउन मधेस प्रदेश सरकारको पहल: आठै जिल्लाका पत्रकार महासङ्घलाई सञ्चार सामग्री हस्तान्तरण
न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की
न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की
सडक दुर्घटनामा बाबुछोरीको मृत्यु
सडक दुर्घटनामा बाबुछोरीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?