कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्वार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
४० पटक हेरिएको
Shares
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्वार

सारांश

  • काठमाडौं ।
  • कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।
  • युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो ।

काठमाडौं । कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो ।

पीडित महिलालाई नेपालमा रहेका भतिज राज श्रेष्ठ र दलाल उमेश चौहान आकर्षक तलबको प्रलोभन देखाइ गत असार १७ मा गलत बाटो प्रयोग गरी कुवेत पु¥याएका थिए । पीडित महिलाले आफूलाई ‘ब्यूटिसियनसँग सम्बन्धित कम्पनीमा काम गर्ने भनी लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रुपमा काम गर्न बाध्य बनाइएको गुनासो गरिन् ।

“घरको आर्थिक अवस्था कमजोर रहेकाले वैदेशिक रोजगारीको खोजी गर्ने क्रममा आकर्षक तलब सुविधा देखेर आफन्तको सम्पर्कबाट कुवेत गएकी हुँ”, पीडित महिलाले भनिन्, “त्यहाँ पुगेको दुई दिनपछि विभिन्न डर धम्की देखाइ घरेलु कामदारका रुपमा काम गर्न बाध्य पारियो ।”

पीडित महिलाले केही समयपछि मोर्चाका संयोजक युवराज सफललाई आफूलाई उद्धार गर्न भन्दै अनुरोध गरेकी थिइन् । “पीडितसँग सम्पर्कमा आएपछि उद्धारको प्रक्रिया सुरु गरेका थियौँ, उहाँलाई कुवेत पठाउने व्यक्तिसँग सम्पर्क गरी प्रमाण जुटाइ प्रक्रिया गएपछि उहाँको उद्धार भएको हो”, सफलले भने ।

सफलले यस विषयमा मानव बेचबिखन नियन्त्रण ब्यूरोलगायत सम्बन्धित निकायमा निवेदन दिए पनि पीडित महिला गैरकानूनी रुपमा कुवेत गएका कारण सम्बन्धित निकायले उद्धारका लागि पहल नगरेको उनको भनाइ छ । उद्धार गरिएकी महिलालाई स्वदेश फर्किनका लागि उनकी दिदीले टिकट काटिदिएको सफलको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर
झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन
ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?
भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा
भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा
भरतपुरमा आज बिद्युत सेवा अबरुद्ध हुने
भरतपुरमा आज बिद्युत सेवा अबरुद्ध हुने
न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्
न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्
मोदीको नेपाल भ्रमण, मुक्तिनाथमा भव्य तयारी
मोदीको नेपाल भ्रमण, मुक्तिनाथमा भव्य तयारी
राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि
राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि