एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २९, २०८०
|
|
६० पटक हेरिएको
Shares
एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ ।
  • ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

काठमाडौँ । नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ । ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी प्रदेश भदौ १६ र १७ गते, मधेस प्रदेशको असोज ५ र ६ गते, बागमती प्रदेशको असोज ८ र ९ गते, कर्णाली प्रदेशको असोज १० र ११ गते, कोशी प्रदेशको असोज १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरिएको छ ।

पार्टीले गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेश असोज २१ र २२ गते अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनका अनुसार पार्टीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन स्थानीय तहबाट हुने र अधिवेशनका लागि ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले पार्टीले युवाको सहभागितालाई तल्लो तहबाट नै विस्तार गर्ने योजनाअनुसार नै प्रतिशत छुट्टाइको बैठकले निर्णय गरेको बताए । उनका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका एक तिहाइ युवाहरु अनिवार्य र पालिका तहमा न्यूनतम २० प्रतिशत युवा, जिल्लामा १५ प्रतिशत र प्रदेशमा १० प्रतिशत युवालाई सहभागिता गराउने निर्णय गरेको छ । बैठकले केन्द्रीय कमिटी सदस्यमा छक्कबहादुर लामा र केदार न्यौपानेलाई मनोनित गर्ने निर्णय गरेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका शङ्करदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनित गर्ने निर्णय गरेको छ । सङ्गठन विभागको सचिवमा माधव ढुङ्गेललाई मनोनित गर्ने निर्णय गरेको छ ।

युवा सङ्घको अधिवेशनबारे छानबिन समिति

यस्तै राष्ट्रिय युवा सङ्घ नेपालको कञ्चनपुर जिल्ला अधिवेशनका सन्दर्भमा भएको गतिविधिबारे छानबिन गर्न पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

अधिवेशनमा भएका गतिविधि चिन्ताजनक र पार्टी पार्टी र युवा सङ्घको मर्यादालाई नसुहाउने खालका गतिविधि भएकाले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी समस्या समाधान गर्न छानबिन समिति गठन गरिएको उनले बताए ।

पार्टी उपाध्यक्ष ज्ञवालीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा जनसम्पर्क सङ्गठन समन्वय समितिका संयोजक भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य ज्वालाकुमार शाह सदस्य रहेको तीन सदस्य छानबिन समिति गठन गरिएको उमहासचिव ज्ञवालीले बताए । समितिलाई छानबिन र समाधानको सबै जिम्मेवारी निर्णय गरेको छ ।

सुन तस्करका सम्बन्धमा उच्चस्तरीय समिति गठन

यस्तै बैठकले सुन तस्करका सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन बन्नुपर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए । “जतिदिन ढिलो हुँदैछ । त्यति नै प्रमाण नष्ट हुने गरेको छ । सिआइवीले गोदाम खान तलास गर्दछ । त्यहाँ कारखाना भेटिन्छु तर सुन भेटिँदैन । मान्छेहरु प्रहार भएका छन् । प्रमाण नष्ट हुने स्थिति बन्दै गइरहेको हुनाले उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्दछ”, उनले भने, “जरैसम्म पुगेर यो विषयलाई निर्मूल गरिनुपर्दछ ।”

नेपाललाई ट्रान्जिट बनाएर सुन तस्कर भइरहेको भन्दै उनले राष्ट्रिय सुरक्षालाई चुनौती दिएको छ । सरकारले सुन तस्करमा छानबिन गर्न आलटाल गरिरहेको भन्दै उच्चस्तरीय छानबिनको माग राख्ने सांसदलाई थुनामा राख्नेजस्ता कार्यले गरिरहेको उनले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करमा नाम किटान गरेको अवस्थामा पनि सरकारले छानबिनको दायरामा नल्याउने, दबाब र प्रवाहको आधारमा मात्र छानबिन गरिरहेको उमहासचिव ज्ञवालीले बताए ।

बैठकले एमालेले बाढीपहिराले गर्दा क्षति भएको र उक्त क्षतिका सम्बन्धमा तत्काल पीडितलाई रातह उपलब्ध गराउन सरकारसँग माग गरेको छ । उनले सरकारले उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नसमेत माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा
वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर
एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर
चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी
चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी
President to give tika on Bijaya Dashami
१ महिनादेखि ७ वर्षीया बालिकाको बलात्कार
१ महिनादेखि ७ वर्षीया बालिकाको बलात्कार
सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज
सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?