आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १८, २०८०
|
|
४३ पटक हेरिएको
Shares
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु

सारांश

  • काठमाडौँ ।
  • आजदेखि आइसीसी एकदिवसीय विश्वकप शुरु हुँदैछन् ।
  • क्रिकेट विश्वकपको आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इङग्ल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् ।

काठमाडौँ । आजदेखि आइसीसी एकदिवसीय विश्वकप शुरु हुँदैछन् । क्रिकेट विश्वकपको आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इङग्ल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् । यो खेल दिउँसाे २: १५ बजेदेखि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

भारतमा आयोजना भइरहेको यो विश्वकपमा विश्वका १० देशले भाग लिएका छन् । आजदेखि शुरु भएर फाइनल खेल नोभेम्बर १९ मा सकिनेछ । नेपाल भने यस विश्वकपमा छनौट हुन असफल भएको छ ।

विश्वकप खेल्ने देशमा आयोजक भारतसहित पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रीका, इङल्याण्ड, न्यूजील्याण्ड, बंगलादेश, अफगानिस्तान सिधै छनौट भएका हुन् भने श्रीलंका र नेदरल्याण्डस विश्वकप क्वालिफायरमार्फत छनौट भएर विश्वकप खेल्दैछन् ।

१० देशले समुह चरणमा एक अर्का विरुद्ध एक एक पटक खेल्नेछन् । समुह चरणको खेलपछि शिर्ष चार देश सेमिफाइनलमा खेल्नेछन् । समुह चरणमा कुल ४५ खेल हुनेछन् । यो विश्वकप भारतका १० स्टेडियममा हुँदैछ । जसमा अहमदावादमा फाइनलसहित ५ खेल हुनेछन् भने बैंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, कोलकोता, लखनउ, पुने र मुम्बईमा ५-५ खेल हुनेछन् । त्यस्तै हैदरावादको राजीवगान्धी क्रिकेट मैदानमा ३ खेल हुनेछन् । त्यसैगरी कोलकोताको इडेन गार्डेन र मुम्बईको वान्खडे स्टेडियममा सेमिफाइनल खेल हुनेछन् ।

विश्वकप २०२३ को विजेता टोलीले ४ मिलियन अर्थात ४० लाख डलर अमेरिकी डलर पाउने आइसीसीले घोषणा गरेको छ । विश्वकपको उपविजेताले पनि २ मिलियन अर्थात २० लाख डलर पुरस्कार पाउने भएको छ । यति मात्र होइन, विश्वकपको सेमिफाइनल पुग्ने टोलीमाथि पनि पैसाको वर्षा हुनेछ । सेमिफाइनलमा पुगेर पराजित हुने दुई देशले ८-८ लाख डलर रकम पाउने छन् । त्यसैगरी समुह चरणबाट बाहिरिने हरेक देश (कुल ६ देश) ले एक एक लाख डलर रकम आइसीसीले दिने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नियम विपरीत सञ्चालनमा रहेका औषधि र मासु पसलमा सिलबन्दी !
नियम विपरीत सञ्चालनमा रहेका औषधि र मासु पसलमा सिलबन्दी !
फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशंका
फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशंका
डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता
डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता
आजदेखि नेपाली नयाँ वर्ष २०७६ शुरु, के छ तपाइँको संकल्प!
आजदेखि नेपाली नयाँ वर्ष २०७६ शुरु, के छ तपाइँको संकल्प!
सरकार विस्तारमा एक साता बित्दासमेत गृहमा गाँठो
सरकार विस्तारमा एक साता बित्दासमेत गृहमा गाँठो
बीस आयोजनाका लागि एक्काइस करोड बजेट विनियोजन
बीस आयोजनाका लागि एक्काइस करोड बजेट विनियोजन
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल
प्रधानमन्त्रीले शुभकामना दिदै भने ‘दशैमा अनावश्यक तडकभडक नगरौ’
प्रधानमन्त्रीले शुभकामना दिदै भने ‘दशैमा अनावश्यक तडकभडक नगरौ’
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ

तपाईंले छुटाउनुभयो कि?