चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
६१ पटक हेरिएको
Shares
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

सारांश

  • चितवन।
  • जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ।
  • उनीहरु विभिन्न रोगबाट पीडित छन्।

चितवन। जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ। उनीहरु विभिन्न रोगबाट पीडित छन्।

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए। “कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ”, उनले भने।

कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ। अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन्।

जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ। अहिले कारागारमा क्षमताभन्दा झण्डै दुई सय बढी कैदीबन्दी राखिएको छ।

कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि छ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए।

“उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ”, उनले भने। औषधि खरिद गर्न समस्या हुँदा दाताको सहयोग लिने गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
२५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइयो
२५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइयो
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
जीवन काडा कि फुल चैत २२ मा
जीवन काडा कि फुल चैत २२ मा
स्थानीय निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने कांग्रेसको निर्णय
प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती
प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती
पार्टी वैठकमा प्रचण्डले भने  हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ ।.
पार्टी वैठकमा प्रचण्डले भने हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ ।.
आगाको भुंग्रोमा रास्वपा
आगाको भुंग्रोमा रास्वपा

तपाईंले छुटाउनुभयो कि?