सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ४, २०८०
|
|
४० पटक हेरिएको
Shares
सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने

सारांश

  • काठमाडाैं।
  • सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेको छ।
  • सिंहदरवारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो।

काठमाडाैं। सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेको छ।

सिंहदरवारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो। बैठकले सरकारको तर्फबाट किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ।

उद्योग र सरकारी अनुदान गरि अव किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। किसानहरुले भने उखुको खरिदमूल्य प्रतिक्विन्टल ७ सय ५० पुर्‍याउनुपर्ने माग राख्दै आएका थिए।

त्यस्तै प्रवक्ता शर्माले सरकारको एक वर्षे अवधिको समीक्षा भएको र मूख्यसचिवबाट सरकारका कामलाई गति दिन देखिएका समस्या र सुधारको योजना सहित कार्ययोजना प्रस्तुत गरेकाे जानकारी दिइन्।

प्रवक्ता शर्माले मन्त्रिपरिषद् बैठक बस्नका लागि मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनको नयाँ हललाई पनि प्रयोगमा ल्याइएको बताइन्। मन्त्रिपरिषद्को नियमित बैठक भने बिहीबार बस्ने प्रवक्ता शर्माको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत भ्रमण परिणाममुखी: प्रधानमन्त्री दाहाल
भारत भ्रमण परिणाममुखी: प्रधानमन्त्री दाहाल
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
पर्यटक लोभ्याउँदै इर्लुङ झरना
पर्यटक लोभ्याउँदै इर्लुङ झरना
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
लाखौँ कमाउन मृत्युलाई जित्छन् यार्सा टिप्नेहरु
लाखौँ कमाउन मृत्युलाई जित्छन् यार्सा टिप्नेहरु
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
नेकपा बैठक लगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन
नेकपा बैठक लगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन
सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्छ: सावित्री सुवेदी
सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्छ: सावित्री सुवेदी
वृद्धवृद्धा हुँदा कस्तो देखिन्छन् दीपिका पादुकोण र रणवीर सिंह ?
वृद्धवृद्धा हुँदा कस्तो देखिन्छन् दीपिका पादुकोण र रणवीर सिंह ?
आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा
आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा