बुधबारको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २४, २०८०
|
|
४९ पटक हेरिएको
Shares
बुधबारको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली
दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन
भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने
भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने
स्कुटर दुर्घटनामा परी डाक्टर चौधरी को  मृत्यु
स्कुटर दुर्घटनामा परी डाक्टर चौधरी को मृत्यु
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
नेपालमा गाँजालाई मान्यता दिन माग
नेपालमा गाँजालाई मान्यता दिन माग
मायादेवी मन्दिर परिसरमा निषेधित जुत्ताचप्पल प्रधानमन्त्रीकै खुट्टामा
मायादेवी मन्दिर परिसरमा निषेधित जुत्ताचप्पल प्रधानमन्त्रीकै खुट्टामा

तपाईंले छुटाउनुभयो कि?