यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २६, २०८१
|
|
३८ पटक हेरिएको
Shares
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या

सारांश

  • तुलसीपुर २६-जेठ शुक्रबार  बिहान करिब ८ बजे बाहिनी चोकमा नाङ्गो खुकुरीमा रगतसहित लतपत्तिएको अवस्थामा एक जना पुरुष देखिए ।
  • उक्त पुरुषलाई बाटोमा हिड्ने केही व्यक्तिले डराएर नियालेर हेर्न थाले भने केही व्यक्ति भाग्न थाले।
  • केही छिनमै उनी तुलसीपुर उपमहानगरपालिका ६ स्थित १९ नम्बर बाहिनीको गेटबाट भित्र छिर्ने कोसिस गरे।

तुलसीपुर २६-जेठ शुक्रबार  बिहान करिब ८ बजे बाहिनी चोकमा नाङ्गो खुकुरीमा रगतसहित लतपत्तिएको अवस्थामा एक जना पुरुष देखिए । उक्त पुरुषलाई बाटोमा हिड्ने केही व्यक्तिले डराएर नियालेर हेर्न थाले भने केही व्यक्ति भाग्न थाले। केही छिनमै उनी तुलसीपुर उपमहानगरपालिका ६ स्थित १९ नम्बर बाहिनीको गेटबाट भित्र छिर्ने कोसिस गरे। तर उनीलाई नियमपालना गर्न भनि गेटमै प्रतिक्षा गर्न लगाइयो । बाहिनीले घटनाको विषयमा जानकारी लिएर केही छिनमै आर्मीले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई जिम्मा लगाइदियो ।

त्यसपछि बजारमा हल्ला सुरु भयो । श्रीमानले श्रीमतीलाई खुकुरी हानेर हत्या गरे भनेर । त्यसपछि हामी घटना स्थल तुलसीपुर उपमहानगरपालिका ६ सुकौरा रोड स्थित डुम्रीगाँउमा पुग्यौं । त्यहाँको अवस्था हेर्दा दर्दनाक थियो। रगतै रगतले भरिएको आँगन, कोठा त्यहाँ भएका मानिसका अनुहारमा त्रास देखिन्थ्यो ।

सल्यान जिल्ला कपुरकोट गाउँपालिका ६ घर भई हाल ज्वाला दल गणमा कार्यरत सालिकराम बुढाथोकीले आफ्नो पूर्वपति टिका रावललाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएकी टिकाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

टिका तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाँउमा डेरामा बस्दै आएकी थिइन् । सालिकराम र टिकाबिच सम्बन्ध विच्छेद भएको शुक्रबार (हिजो) १२ दिन मात्रै पुगेको थियो । सम्बन्ध विच्छेद भएको १२ औं दिनमा सालिकरामले टिकालाई उनी बसेको कोठामै एका विहानै आएर खुकुरी प्रहार गरेर हत्या गरेका थिए । सालिकराम यही जेठ ६ गते मिसनबाट घर फर्किएका थिए ।

अछाम जिल्ला कमलबजार गाउँपालिका ४ चाल्सा निवासी २९ वर्षिय थापा १९ नम्बर बाहिनी दाङमा कार्यरत सैनिक जवान हुन् ।

आर्यन टिकाको घरमा तरकारीको लागि आँप काटदै थिए। टिका र आर्यन दुबै जना घरको कोलियामा आँप काट्दै गर्दा टिकाको पूर्वश्रीमान शालिकराम बुढाथोकीको त्यहीँ घरमा प्रवेश भयो। आर्यनले केही सामान छुटेकोले लिन आउनुभएको भन्ने ठानेर भित्र जाने बाटो छोडिदिए । उनले एउटा झोला भिरेको र उनी सरासर घरको माथी उक्लिए । काममा आएको भन्ने ठानेर आर्यनले आँप काट्दै गरे, टीका भने उनको पछिपछि माथी उक्लिईन । कोलियामा आँप काटदै गरेका आर्यनलाई सालिकरामले एक्कसी झोलाबाट खुकुरी निकालेर घाटीमा प्रहार गरे । आर्यनमाथि खुकुरी प्रहार भैसकेपछि भाग्नै लाग्दा फेरि उनीमाथि खुकुरी प्रहार गरे । आर्यनलाई पहिलो पटक खुकुरी प्रहार गर्दा घाँटीमा र दोस्रो पटक कम्मरमा चोट लाग्यो। आर्यनलाइ लखेट्दै सालिकराम बाटोम दौडिए तर आर्यनलाई भेट्टाउन सकेनन् । आर्यन त्यसपछि घटना स्थलबाट अटो चढेर राप्ती प्रादेशिक अस्पतालमा उपचार गराउन पुगे ।

सालिकराम भने टीका बस्ने कोठामा फर्किए। टिकालाई पहिलो प्रहार हातमा र भाग्दै गर्दा घाटीमा गहिरो चोट लाग्दा गम्भीर घाइते भइन् र उनलाई अस्पताल लगियो । अस्पताल लगिए लगतै टिकालाई चिकित्सकले मृत घोषित गर्यो ।

आर्यन र टिकाको सम्बन्ध के हो ?
घाइते आर्यनका अनुसार करिब डेढ बर्ष अगाडी आर्यन कोहलपुर जादै थिए। संयोगबस टिका र उनको सिट एउटै पर्यो । उनीहरु बिच कुराकानी सुरु भयो । छोटो समयमा उनीहरु बिच सुखदुःख आदान प्रदान भए। उनीहरु बिच फोन नम्बर आदानप्रदान पनि भयो । उनीहरुबिच कुरा हुँदै गयो । कुरा हुदै जादा उनीहरुबिचको साथीको सम्बन्ध विवाह गर्नेसम्ममा परिणत भयो । आर्यन अविवाहित पुरुष हुन्। टिकाको ७ वर्षिय छोरा छ ।

टिका र शालिकरामको सम्बन्ध चिसिदै गएपछि मिसनबाट फर्किए लगत्तै दुई हप्ता अगाडी मात्र टीका र शालिकरामको सम्बन्ध बिच्छेद भएको आर्यनले बताए । बिहे गर्ने निश्चित भएपछी आर्यन टिकाको कोठामा आउने गरेको बताए।

दाङ जिल्लामा सुरक्षा निकायमा कार्यरत रहेका सुरक्षाकर्मीले यसरी हत्या गरेको यो तेस्रो घटना हो । यसअघि घोराहीमा दुई वटा र तुलसीपुरमा एक गरी एक वर्षको अन्तरालमा तीन वटा घटना भएको छ ।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका पार्टीहरुको निर्णय
शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका पार्टीहरुको निर्णय
गुल्मी क्षेत्र न १ र २ को पछिल्लो मत परिणाम अपडेट !
गुल्मी क्षेत्र न १ र २ को पछिल्लो मत परिणाम अपडेट !
फुटबल टोली भारत प्रस्थान
फुटबल टोली भारत प्रस्थान
कामपाकाे राजश्व संकलन वृद्धि
कामपाकाे राजश्व संकलन वृद्धि
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
अर्थशास्त्रमा पिएचडी गरेका डा. महतलाई अर्थतन्त्र सुधार्ने चुनौती
अर्थशास्त्रमा पिएचडी गरेका डा. महतलाई अर्थतन्त्र सुधार्ने चुनौती
Can be Online Dating Romantic relationships Healthy?
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
जुडी खोलाले बगाएर २ जना बेपत्ता
जुडी खोलाले बगाएर २ जना बेपत्ता
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति

तपाईंले छुटाउनुभयो कि?