एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २६, २०८१
|
|
६४ पटक हेरिएको
Shares
एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?

सारांश

  • काठमाडौं ।
  • राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स उपाधि होडबाट बाहिरिएको छ ।
  • आज भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित हुँदै लुम्बिनी बाहिरिएको हो ।

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स उपाधि होडबाट बाहिरिएको छ । आज भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित हुँदै लुम्बिनी बाहिरिएको हो । जारी एनपीएलमा प्लेअफको यात्राबाट बाहिरिने लुम्बिनी पहिलो टिम हो ।

लिग चरणमा लुम्बिनीले हालसम्म ६ खेल खेल्दा ५ मा हार र एकमा जित निकालेको छ । ६ खेलमा २ अंक जोडेको लुम्बिनी अंक तालिकाको छैठौं स्थानमा छ । लुम्बिनी औपचारिक रुपमानै बाहिरिसक्दा अन्य टिमको भने सम्भावना कायमै छ ।

हालसम्म समान ५ खेल खेलेका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले समान ४ जित र एक हार ब्यहोरेका छन् । समान ८ अंक नै भएपनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदा जनकपुर दोस्रो स्थानमा छ। अब जनकपुरले काठमाडौं र चितवनसँग खेल्न बाँकी रहेको छ भने सुदूरले कर्णाली र पोखरासँग खेल्न बाँकी रहेको छ।

अहिलेकै अवस्थामा सुदूर र जनकपुरले शीर्ष चारमा रहँदा अगाडि बढ्ने सम्भावना बलियो बनाएका छन् । खेल्न बाँकी २ मध्ये एक खेलमा जित निकालेपनि यी दुवै टिम अघिल्लो चरणमा पुग्नेछन् भने दुवै खेल हारे अन्य टिमको नजितामा भर पर्नुपर्ने हुन्छ ।

५ खेल खेलेर समान ६ अंक जोडेका चितवन राइनोज र कर्णाली याक्स क्रमस तेस्रो र चौथो स्थानमा छन् । यी दुवै टिमले अब समान २ खेल्न बाँकी छ । दुईमा एक खेल जितेमा दुवै टिमको अघि बढ्ने सम्भावना बलियो बन्नेछ ।

४ खेल खेलेर ४ अंक जोडेको काठमाडौं पाँचौ स्थानमा छ । काठमाडौंले अब तीन खेल खेल्न बाँकी छ ।खेल्न् बाँकी तीन मध्ये कम्तिमा पनि दुई खेल जितेमा मात्र काठमाडौं अघिबढ्न सक्छ।

लुम्बिनी, पोखरा र विराटनगर क्रमस छैठौं,सातौ र आठौं स्थानमा छन् । लुम्बिनी उपाधि होडबाट बाहिरि सकेको छ भने यी दुवै टिमको पनि प्लेअफ सम्भावना न्यून देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दैलेखमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ को शनाखत
दैलेखमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ को शनाखत
टोर्नाडोको नेपाली नामकरण ‘घुम्रपात’
टोर्नाडोको नेपाली नामकरण ‘घुम्रपात’
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
मोहनमायामा विशेष कक्षा पनि अब्बल
मोहनमायामा विशेष कक्षा पनि अब्बल
भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिने निर्णय
भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिने निर्णय
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
काठमाडौं उपत्यकामा आज एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?