न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ११, २०८१
|
|
६४ पटक हेरिएको
Shares
न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको छ ।
  • कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा भएको बयानका क्रममा उनले आफूमाथि लागेका सबै आरोपहरु इन्कार गरेका छन् ।

काठमाडौं। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा भएको बयानका क्रममा उनले आफूमाथि लागेका सबै आरोपहरु इन्कार गरेका छन् ।

स्रोतका अनुसार लामिछानेले कुनैपनि कसुरमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । प्रतिवादीहरुमध्ये छविलाल जोशी र लिला पछाईँको बयान सकिइसकेको छ ।

लामिछानेको बयान आज नसकिएकाले भोलिपनि जारी रहने बताइएको छ । प्रतिवादीहरुको बयान सकिएसँगै उनीहरुको थुनछेक बहस हुनेछ । थुनथेक बहसबाट लामिछानेसहितका प्रतिवादीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्नेकी धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने टुङ्गो लाग्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ
कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप
फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
बजेट विश्लेषणः लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट
बजेट विश्लेषणः लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट
निरु हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ
निरु हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ
पोखरा प्रिमियर लिग LIVE: पारस र सोमपालको टिम भिड्दै
पोखरा प्रिमियर लिग LIVE: पारस र सोमपालको टिम भिड्दै
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’
बाबुरामले प्रधानमन्त्री ओलीलाई बुझाएको १९ बुँदे मागपत्रमा के छ?
बाबुरामले प्रधानमन्त्री ओलीलाई बुझाएको १९ बुँदे मागपत्रमा के छ?

तपाईंले छुटाउनुभयो कि?